वैदेशिक रोजगारमा जान नपाएका र असंगठित क्षेत्रका श्रमिकलाई राहत घोषणा

सरकारले कोरोना भाइरसको महामारीका कारण वैदेशिक रोजगारमा जान नपाएका श्रमिकलाई स्वदेशमा नै रोजगारी उपलव्ध गराउने भएको छ । आइतवार बसेको मन्त्रीपरीषद बैठकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका तर कोभिड–१९ का कारण जान नपाएका र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको विवरण तयार पारी स्थानीय तह मार्फत रोजगारी उपलव्ध गराउने निर्णय गरेको हो ।

उनीहरूले स्थानीय तहको रोजगार सेवा केन्द्रमा नाम दर्ता गर्नुपर्ने र प्रधानमन्त्री रोजगार कार्याक्रम मार्फत उनीहरुलाई रोजगारी प्रदान गर्ने निर्णय सरकारले गरेको हो । तर गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको रोजगारीमा खास धेरैको रुचि देखिएको थिएन ।

शारिरीक परिश्रम पर्ने प्रकृतिको काम गर्न युवाको रुचि कम देखिएको थियो । यस वर्ष सरकारले ६० हजार व्यक्तिलाई सो कार्यक्रम अन्तर्गत रोजगारी उपलव्ध गराउने लक्ष्य राखेको छ ।

मृत्यु नरोजौं, अनुशासनमा बसौं

यसैगरी सरकारले लकडाउनको समयमा खान नपुग्ने श्रमिकहरुलाई स्थानीय तह मार्फत खाद्यान्न उपलव्ध गराउने निर्णय पनि गरेको छ । यसका लागि स्थानीय तहले असंगठित क्षेत्रका श्रमिकको लगत तयार गनुपर्नेछ । तसर्थ राहत लिन चाहने परिवारले स्थानीय वडा कार्यालयमा आफ्नो नाम दर्ता गर्नुपर्नेछ । यसरी नाम दर्ता गराएकाहरुलाई स्थानीय तहले दैनिक खाद्य आवश्यकता पुरा हुनेगरी ‘लकडाउन’ अवधिभर राहत उपलब्ध गराउने मन्त्रीपरीषद बैठकले निर्णय गरेको छ ।

आइतवारको बैठकले औपचारिक क्षेत्रका श्रमिकका लागि लकडाउन भए पनि रोजगारदाता (उद्योगी, व्यवसायी) ले नै पारिश्रमिक उपलब्ध गराउनुपर्ने, बन्द रहेका पर्यटन क्षेत्रका प्रतिष्ठानहरूले दैनिक वा महिनावारी ज्यालादारीमा काम गर्ने कर्मचारीलाई चैत महिनाको पारिश्रमिक साविकमा दिएझै दिनुपर्ने पनि निर्णय गरेको छ ।

सामाजिक सुरक्षा कोषमा आबद्ध प्रतिष्ठानमा कार्यरत श्रमिक तथा रोजगारदाताहरूका तर्फबाट चैत महिनामा गर्नुपर्ने योगदान रकम नेपाल सरकारले सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने निर्णय गर्दै चैत महिनामा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम श्रमिक र रोजगारदाताले नबुझाए हुने व्यवस्था गरेको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय