युएईमा हराएको छोरा खोजिदिन आग्रह

काठमाडौं, जेठ ३-

कास्की ढुकुरपोखरीका शिवकुमार भण्डारी परिवारसँग सम्पर्क विहिन भएको १० बर्ष भएको शिवकुमारका बाबु धर्मराज भण्डारीका अनुसार रोजगारीका लागि युएई गएका उनी दुई बर्षसम्म परिवारको सम्पर्कमा थिए त्यसपछि उनी बेखवर भएको बाबु धर्मराजको भनाई

बैदेशिक रोजगारका लागि २०६२ मा शिवकुमार युएईको दुवई गएका थिए उनी सुरुमा रोजगारीका लागि गएको कम्पनी अल निशार हो तर पछि उनी सो कम्पनी छोडेर अन्यत्रै काम गर्न थालेको उनका साथिहरु मार्फत परिवारले जानकारी पाएको  “छोराका साथिहरुले भने अनुसार उसले त्यसपछि दुवईमा नै रहेको मार्वेल कम्पनीमा काम गरेको थियो” बाबु धर्मराजले भने “पछि त्यो पनि छोडेर शारजहाको स्पीड क्लीलिङ कम्पनीमा काम गरेको थियो ।” त्यसपछि उनी सम्पर्कमा नरहेको छोराका साथिहरुले बताएको उनले बताए उनले परिवारसँग सम्पर्कमा रहँदा नेपालमा फोन गर्ने गरेको नम्वर ९७१५०६३०१६४३  हो

धर्मराजले बेपत्ता भएको छोरोको खोजि गरिदिन पोखरास्थीत सुरक्षित आप्रवासन, सुचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् उनको खोजिका लागि प्रयास गरिरहेको सुचना केन्द्र, कास्कीले जानकारी दिएको कसैले उनका बारेमा जानकारी पाएमा बाबु धर्मराजलाई ९८५६०३४९४४ मा सम्पर्क गरेर जानकारी गराइदिनुहोला यसैगरी सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रको सम्पर्क नम्वर ०६१४६६७५५ मा पनि जानकारी गराइदिन सक्नुहुन्छ

यो पनि पढ्नुहोस् छोरा, आमाबाबुको मुख हेर्न भएपनि घर फर्क

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय