राजा बगर, युएई-
म युएईमा काम गरेको लामो समय भयो। शुरुको पाईला २००४ मा टेकेको थिए। त्यतिबेला औंलामा गन्न सकिने महिलाहरु थिए । क्रमशः यो सख्या बढ्दै गयो । अहिले ठूलो संख्यामा महिला कामदारहरु युएईमा कार्यरत छन।
घाम उदाए उस्ताए क्रमशः दिन महिना बर्ष बित्दै गयो, तर दुई बर्षसम्म पनि सरकारले खाडि मुलुकमा लगाएको श्रम स्वीकृतिको ढोका खुलेन।
शैक्षिक योग्ताका बाहेक धेरैजसो महिला अशक्त श्रीमान अथवा श्रीमान गुमाएका वा खराब चरित्रका श्रीमानहरुका कारण खाडि मुलुकमा आफ्ना सन्तानहरुको उज्वल भविष्यको लागि काम गर्न आउने गरेको तथ्याँकले देखाउछ।
युएईको परिवेशमा धेरैजसो महिला, पुरुषहरु घरायसि काममा छन। केहि बर्ष देखि सरकारले घरेलु कामदारहरुलाई श्रम स्विकृति नदिदा घर बिदामा गएर आउन चाहने घरेलु कामदारहरु निक्कै ठुलो मर्कामा परेका छन। गत शुक्रबार केहि साथिहरु मिलेर घरेलु कामदार महिलाहरुको आवाज सम्वन्धित निकायमा पुगोस भनेर हामीले सानो जमघट राखेका थियौ। सयौको सख्यामा घरेलु कामदार महिला पुरुषहरु सो जमघटमा सहभागि थिए ।
जमघटमा सहभागिहरुको साझा कुरा थियोः हामी कति अभागि आमा र हाम्रा कति अभागि सन्तान, देशमा सरकारी स्कुलमा पनि छोराछोरी पढाउन गाह्रो भएर दुध चुस्दै गरेका छोराछोरी छोडेर बिदेश आयौ। जागिर राम्रो छ । कुनै कम्पनि वा घरायसि काममा कसैलाई समस्या होला । तर राम्रो भएर नै बर्षौं देखि गर्दै आएको जागिर खान सरकारले किन रोक्छ ?
उनीहरु सबैको एउटै आवाज थियो कि सरकारले रोजगार दियोस् हैन भने हामीले बर्षौ देखि गर्दै आएको काममा सरकारले रोक नलगाओस् । नेपाल सरकारको फितलो कानुनले गर्दा घुसपैठ गरेर त्यहि एयरपोर्टबाट कति महिलाहरु आएका छन भने घुस नदिनेलाई रोकेको छ।

पाल्पाली लक्ष्मि भन्छिन दलालहरुको ब्यक्तिगत एयरपोर्ट छैन । त्यहि त्रिभुवन बिमानस्थलबाट आउने हो । पैसा दिए आउन पाईने, पैसा नदिए आउन नपाईने यो कस्तो नियम हो ?
गुल्मिकी सरिता भन्छिन म १० बर्ष देखि एउटै घरमा काम गरिरहेकी छु । हरेक छ,छ महिनामा नेपाल जान आउन अनुमति छ । तर ४ बर्ष भयो नेपाल नगएको।
घर ब्यवहार देखि छोराछोरीको पढाई लेखाईका लागि जन्मदर्ता र घरको मायाले तड्पिएका महिलाहरु कुनै दिन आत्महत्या गरे भनेर सरकारले सुन्ने दिन नआउला भन्न सकिदैन।
यस्तै पिडामा आक्रोशित महिलाहरुले बिदेशमा हाम्रो अभिभावक नै दुताबास हो अब दुताबासमा पुगेर सबै कर्मचारीलाई बाहिर निकालेर तालाबन्दि गर्ने दिन आए भन्दै पिडा भित्रको आक्रोश ब्यक्त गरे।
स्याड्जाकी माया भन्छिन कि घुसपैठ पनि ठप्प हुनु पर्यो, नत्र एक हातमा पैसा अर्कौ हातमा सेटिडको पेपर हुनु भएन ।
युएईमा घरेलु कामदारका रुपमा कायैरत महिला कामदारहरुको अवस्था साँच्चै दयनिय छ। परिवारका सदस्य बिरामि पर्दा वा मृत्यु हुदा समेत वा शुभकार्यमा नेपाल गएर आउन पाउने अवस्था छैन ।
नेपाल जाउँ त आउन नपाईने अवस्थाले मन भित्र पिडा लुकिउदै आँसुले आँखा भिजाउने हजारौ घरेलु कामदारहरु युएईमा श्रम कहिले खुल्छ भन्दै पर्खेर बसेका छन।
यो पनि पढ्नुहोस् विदेशबाट फर्किएर देखासिकीमा यसरी कुनै व्यवसायमा लगानी नगरौं
