काठमाडौं, मलेसियाले अवैधानिक रुपमा बस्दै आएका विदेशीलाई स्वदेश फर्काउन नयाँ कार्यक्रमको घोषणा गरेको छ । नयाँ कार्यक्रम अन्तर्गत स्वदेश फर्किन चाहनेहरुले मलेसियामा कुनै कानुनी कारवाही भोग्नु पर्नेछैन ।

मलेसियाका गृहमन्त्री सैफुद्धिन ईस्माइलले आप्रवासी घरफिर्ति कार्यक्रम (माइग्रेण्ट रिप्याट्रिएसन प्रोग्राम) सुरु गर्ने तयारी गरेको एक पत्रकार सम्मेलनमा बताएका छन । स्थानीय सञ्चार माध्यमहरुका अनुसार सो कार्यक्रम आगामी मार्च १ तारिखबाट सुरु हुनेछ । यस अगाडी गत डिसेम्वर महिनासम्म मलेसियाले अवैधानिक रुपमा बस्दै आएकाहरुलाई सहज रुपमा घरफिर्तिका लागि लेवर रिक्यालिब्रेसन प्रोग्राम २ कार्यान्वयन गरेको थियो ।

नयाँ कार्यक्रम अन्तर्गत अवैधानिक रुपमा बस्दै आएका विदेशीहरुले स्वदेश फर्किन ५ सय रिंगिट शुल्क मलेसिया सरकारलाई बुझाउनु पर्नेछ ।

यसैबीच मलेसियाले विदेशी श्रमिकका लागि नयाँ स्वीकृति दिन लगाइएको बन्देज कायम राख्ने भएको छ । मलेसियाको मन्त्रिपरिषद बैठकले यस अगाडी देखि नै नयाँ स्वीकृतिमा लगाइएको बन्देज कायमै राख्ने निर्णय गरेको हो । मलेसियामा आवश्यक विदेशी श्रमिक हाल पर्याप्त मात्रामा उपलव्ध रहेको भन्दै नयाँ श्रमिकका लागि अनुमति जारी नगर्ने निर्णयलाई निरन्तरता दिइएको त्यहाँका गृहमन्त्री सैफुद्धिन ईस्माइललाई उधृत गर्दै मलेमेलले समाचार लेखेको छ ।

यो पनि पढ्नुहोस्: नेपालसँगको श्रम समझदारी पुनरावलोकन गर्ने मलेसियाको निर्णय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: