काठमाडौं, मलेसियाले नेपालसँगको श्रम समझदारीमा पुनरावलोकनको तयारी गरेको छ । मलेसियाको मन्त्रिपरिषद बैठकले नेपाल सहित बंगलादेश र ईण्डोनेशियासँगको श्रम समझदारीमा पुनरावलोकनको निर्णय गरेको हो ।

मलेसियाका गृहमन्त्री सैफुद्धिन इस्माइलले एक पत्रकार सम्मेलनमा मन्त्रिपरिषदले यस्तो निर्णय गरेको जानकारी दिएको मलेसियाका सञ्चार माध्यमहरुले लेखेका छन् । मलेमेलका अनुसार नेपाल, बंगलादेश र ईण्डोनेशियाबाट मलेसियाको कुल विदेशी श्रमशक्ति मध्ये ७७ प्रतिशत आपूर्ति हुने गरेको छ । गत जनवरी १६ मा गृहमन्त्री ईस्माइलले श्रमिक आपूर्ति गर्ने १५ वटा मुलुकसँगको श्रम समझदारीको पुनरावलोकन गरिने बताएका थिए ।

नेपाल र मलेसियाबीच सन् २०१८ मा श्रम समझदारी गरिएको थियो । सो समझदारी अनुसार रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण लागत खर्च रोजगारदाताले व्यहोर्नुपर्दछ । तर व्यवहारमा भनें त्यो कार्यान्वयन भइरहेको छैन । श्रम समझदारी पश्चात पनि रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकले ठूलो रकम तिर्नु परिरहेको छ ।

यो पनि पढ्नुहोस्: अवैधानिक रुपमा बसेका विदेशीलाई स्वदेश फर्किन मलेसियाको नयाँ कार्यक्रम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय