आयोगले भन्यो: विमानस्थलबाट फर्काइएकाहरुलाई क्षतिपूर्ति देउ

राष्ट्रिय मानव अधिकार आयोगले रोजगारीका लागि कुवेत जान लागेका श्रमिकलाई विमानस्थलबाट फर्काइएको घटनामा श्रमिकलाई आर्थिक क्षतिको आँकलन गरी क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले एक विज्ञप्ती प्रकाशित गर्दै आप्रवासी श्रमिकहरूको अधिकारप्रति संवेदनशील भइ वैदेशिक रोजगार व्यवस्थापनमा जिम्मेवार निकायहरू बिच प्रभावकारी समन्वय गर्न पनि निर्देशन दिएको छ ।

“वैदेशिक रोजगारीमा जाने क्रममा अध्यागमन कार्यालयबाट रोक लगाई फर्काइएका कामदारहरूको आर्थिक क्षतिको आँकलन गरी क्षतिपुर्तिको व्यवस्था गर्न, यस कार्यमा संलग्न अधिकारीहरुलाई जिम्मेवार बनाउन र आप्रवासी श्रमिकको अधिकार संरक्षण सम्बन्धमा आयोगले विगतमा गरेका सिफारिसहरूको कार्यान्वयनका लागि नेपाल सरकार समक्ष आग्रह छ” आयोगको विज्ञप्तीमा भनिएको छ ।

संस्थागत श्रम स्विकृती लिई वैदेशिक रोजगारीका लागि कुवेत र जोर्डन प्रस्थान गर्न लागेका १५६ जना नेपाली नागरिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयद्वारा प्रस्थानमा लगाइएको रोक र त्यसले उनीहरूको अधिकार प्रचलनमा पारेको प्रभावप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगको जनाएको छ ।

संस्थागत श्रम स्विकृती लिई कामको लागि कुवेत/जोर्डन जान लागेका श्रमिकहरुलाई गत असार २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले कागजातहरू शंकास्पद रहेका भन्दै फर्काएका थिए । सो विषयलाई लिएर जिम्मेवार निकायहरू बिच सार्वजनिक रुपमै आरोप प्रत्यारोप हुनुले ती निकायहरु श्रमिकहरूको अधिकारप्रति संवेदनशील हुन नसकेको र आप्रवासी कामदारहरूको अधिकार उपभोग र प्रचलनमा अवरोध हुन पुगेको आयोगको निश्कर्ष छ ।

वैदेशिक रोजगारीका लागि प्रस्थान गर्न लागेका नेपाली नागरिकहरूलाई फर्काइनुको स्पष्ट कारण प्रकाशमा नल्याइएको एवम् श्रम प्रशासन र अध्यागमन प्रशासनबिच समन्वय, सहकार्य, सूचनाको आदान–प्रदान र विश्वसनीयताको अभावका कारण श्रमिकको आवतजात र रोजगारीको हक उल्लंघन हुन गएको आयोगको प्रारम्भिक अनुगमनबाट देखिएको जनाइएको छ । सेवा प्रवाह एवम् यस्ता विषयहरूमा गम्भीर हुन आयोगले सम्बन्धित निकायहरूको ध्यानाकर्षण पनि गराएको छ ।

यो पनि पढ्नुहोस्

कानुन विपरितको काममा हात हालेको विषयमा अध्यागमन विभाग एक कदम पछि हट्यो

श्रमिक रोकिएको विषयमा दुई सरकारी निकाय नै दन्तबझानमास् अध्यागमनले विज्ञप्ती निकालेपछि वैदेशिक रोजगार विभागको आक्रामक जवाफ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: