कानुन विपरितको काममा हात हालेको विषयमा अध्यागमन विभाग एक कदम पछि हट्यो

श्रम स्वीकृति लिएर कुवेत र जोर्डन जान विमानस्थल पुगेका १ सय ३० जना भन्दा बढीलाई उडान रोकेको विषयमा वैदेशिक रोजगार विभागले कडा आपत्ति जनाएपछि अध्यागमन विभाग एक कदम पछि हटेको छ । यस अगाडी साउन ३१ गते अध्यागमनले एक विज्ञप्ती प्रकाशित गर्दै विदेश जान अनुमति दिने वा नदिने अन्तिम अधिकार आफ्नो रहेको र विदेश जानेहरुले थप कागजातको व्यवस्था गर्नुपर्ने सार्वजनिक गरेको थियो । तर अध्यागमनको सो निर्णयले आफ्नो क्षेत्राधिकार मिचेको भन्दै वैदेशिक रोजगार विभागले आपत्ति जनाएको थियो ।

वैदेशिक रोजगारमा जान सम्पूर्ण कानुनी प्रकृया पुरा गरेर विमानस्थल गएकाहरुलाई गत साता अध्यागमनले भिसा स्पष्ट नभएको, रोजगारदाताको नाम फरक परेको, श्रमिकको काम फरक परेको लगायतका कारण देखाउँदै ठूलो संख्यामा उडान अनुमति नदिएपछि दुई सरकारी निकाय सार्वजनिक रुपमै विज्ञप्ती युद्धमा उत्रिएका थिए ।

अध्यागमनले वैदेशिक रोजगार विभागको निर्णयमा नै औचित्य उठाउने गरी विज्ञप्ती जारी गरेपछि वैदेशिक रोजगार विभागले त्यसको कडा रुपमा प्रतिवाद गरेको थियो । त्यसपछि अध्यागमन विभाग एक कदम पछि हटेको हो । अध्यागमन विभागले साउन १ गते पुन: अर्को विज्ञप्ती प्रकाशित गर्दै वैदेशिक रोजगार ऐन, २०६४, नेपाल राजपत्रमा मिति २०७० कात्तिक २५ गते प्रकाशित सुचना, २०७१ बैशाख ३० गते बसेको बैठकको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्दै विश्वासिलो एवं सुरक्षित हुने गरी श्रम समस्याहरुलाई सरोकारवाला निकायहरुसँग छलफल, समन्वय र सहकार्यका आधारमा समाधान गर्न तयार रहेको जनाएको छ । यस अगाडी असार ३१ गते प्रकाशित विज्ञप्तीमा भनें अध्यागमन कार्यालयले ४ बुँदे थप व्यवस्था गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको थियो ।

यो पनि पढ्नुहोस् श्रमिक रोकिएको विषयमा दुई सरकारी निकाय नै दन्तबझानमास् अध्यागमनले विज्ञप्ती निकालेपछि वैदेशिक रोजगार विभागको आक्रामक जवाफ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: