नेपाल भन्छ: खोलिएको छैन, कतार भन्छ: अनलाइन मार्फत प्रकृया हुन्छ

नेपाल सरकारको बन्देजका वावजुद कतार सरकारले घरेलु श्रममा जान नेपालीका लागि पनि भिसा आवेदन खुल्ला गरेको छ । कतार भिसा सेण्ट मार्फत आवेदन दिन सकिने भन्दै कतारको आन्तरिक मामिला मन्त्रालयले सुचना जारी गरेपनि नेपाल सरकारका जिम्मेवार निकायहरु भनें यसमा अनभिज्ञता प्रकट गरिरहेका छन् ।

नेपालबाट घरेलु श्रममा जान बन्देज लगाइएको अवस्थामा कसरी नेपाली श्रमिकले आवेदन दिन सक्नेछन् भन्ने देशपरदेशको जिज्ञासामा कतारको आन्तरिक मामिला मन्त्रालयले रोजगारदाताहरुले मेट्रास २ एप मार्फत प्रकृया अगाडी बढाउन सक्ने प्रतिकृया दिएको छ । कतारको आधिकारीक वेभसाइट हुकुमीका अनुसार सो एप मार्फत आन्तरिक मन्त्रालयले प्रदान गर्ने विभिन्न सेवाहरु उपलव्ध गराउँछ । सो एप मार्फत ट्राफिक सम्वन्धि सेवा, भिजिट भिसा, आवासिय अनुमति, एक्जिट पर्मिट लगायतका सेवाहरु प्राप्त गर्न सकिने सो वेभसाइटमा उल्लेख छ ।

कतारको आन्तरिक मन्त्रालयले आफ्नो आधिकारीक फेसबुक पेजमा गत शुक्रवार एक सुचना राख्दै घरेलु श्रममा जान चाहनेहरुले पनि नेपालस्थित कतार भिसा सेण्टर मार्फत आवेदन दिन सक्ने जनाएको थियो । तर नेपालबाट रोजगारीका लागि विदेश जानेहरुको मामिला हेर्ने श्रम मन्त्रालयले भनें घरेलु श्रममा नेपालीलाई पठाउन लाग्दै आएको बन्देज फुकुवा नभएको भन्दै कतारको पछिल्लो सुचनाका विषयमा अनभिज्ञता प्रकट गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: