के कतारमा नेपाली घरेलु श्रमिक जान खुल्ला गरिएको हो ?

कतारले नेपालबाट घरेलु श्रमिक (महिला तथा पुरुष) लिने प्रकृया सुरु गरेको छ । यद्यपी यसका बारेमा नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भनें जानकार छैन । कतारले घरेलु श्रमिकका रुपमा काम गर्न ईच्छुक व्यक्तिले काठमाडौंस्थित कतार भिसा सेण्टरमा भिसाको लागि समय लिन भन्दै विहिवार सुचना जारी गरिसकेपनि नेपालको जिम्मेवार मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु भनें यसका बारेमा बेखवर नै छन् ।

कतारको आन्तरिक मामिला मन्त्रालयले विहिवार निकालेको सुचनामा घरेलु श्रमिक (महिला तथा पुरुष) का लागि आवेदन दिन सकिने र त्यसका लागि समय बुक गर्न आव्हान गरिएको छ । यस विषयमा देश परदेशले श्रम मन्त्रालयका जिम्मेवार सरकारी अधिकारीलाई सोध्दा यसका बारेमा स्पष्ट जानकारी नरहेको बताइयो । “हामी पनि बुझ्दै छौं, केहि समय दिनुस्”, उनले भने, “अहिले नै मेरो नाम उल्लेख गरेर केहि नलेखिदिनु होला ।”

Agency List-BD

नेपालबाट घरेलु श्रमिकका रुपमा काम गर्न कतार लगायतका मुलुकमा जान बन्देज छ । खाडीका मुलुकहरुमा विशेषगरी महिला श्रमिकलाई घरेलु श्रममा जाँदा शारिरीक र मानसिक समस्या भएपछि सरकारले संसदिय समितिको सिफारिसका आधारमा श्रम स्वीकृति दिन रोकेको थियो ।

सो बन्देज खुल्ला गर्न नेपालका विशेषगरी सामाजिक संघसंस्थाहरुले विगत लामो समय देखि आवाज उठाउँदै आएका छन् । यस अगाडी काठमाडौंमा भएको नेपाल र कतारबीचको संयुक्त बैठकमा कतारले नेपालबाट घरेलु श्रमिक लैजान चाहेको भन्दै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन (कानुनी व्यवस्था गर्न) आग्रह गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय