एजेण्ट वा मेनपावरलाई तिरेको रकम समेत फिर्ता दिने भन्दै मलेसियाको एक कम्पनीले निकाल्यो सूचना

मलेसियाको ग्लोव्स निर्माता कम्पनी हार्टालेगाले रोजगारीका लागि आउँदा कुनै शुल्क तिरेको भएमा फिर्ताका लागि आवेदन दिन अनुरोध गरेको छ । सो कम्पनीले सुचना निकाल्दै आफ्नो कम्पनी श्रमिकलाई जवर्जस्ती काममा लगाउने र शोषणात्मक अभ्यासबाट मुक्त बनाउने उत्तरदायी कामदार भर्नाप्रति प्रतिवद्द रहेको जनाएको छ ।

आफ्नो कम्पनीले यसअगाडी आफ्नो कम्पनीमा आएका श्रमिकले तिरेको रकमको शोधभर्ना दिइरहेको र पूर्व श्रमिकलाई पनि कुनै रकम तिरेको भएमा फिर्ता गर्ने सोही कार्यक्रमको एक हिस्सा भएको जनाइएको छ । रकम फिर्ता गर्नका लागि कम्पनीले उपलव्ध गराएको लिंकमा गएर वा क्यूआर कोड मार्फत फारम भर्न सकिने कम्पनीले जनाएको छ । रकम फिर्ता पाउन योग्य श्रमिकलाई कम्पनीले नै मोवाइलमा फोन मार्फत सम्पर्क गरिने जनाएएको छ ।

दर्ता गरिएका निवेदनहरुलाई तेश्रो पक्ष अडिटरद्दारा पुनरावलाकन गराइने र योग्य श्रमिकले मात्र शोधभर्ना प्राप्त गर्ने सो कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस् मलेसियामा अर्को एक कम्पनी कामदारले तिरेको रकम फिर्ता दिन सहमत

आप्रवासी श्रमिकहरुलाई रोजगारीका लागि भर्ना शुल्क तिराएको र बाध्यकारी श्रम गर्न बाध्य बनाएको भन्दै अमेरिकाले टप ग्लोव, डव्लुआरपी लगायतका कम्पनीहरुको उत्पादन आयातमा बन्देज लगाएपछि ति कम्पनीहरु समस्यामा परेका थिए । अमेरिका ति कम्पनीहरुद्धारा उत्पादित ग्लोव खपत गर्ने ठूलो मुलुक हो ।

कोभिड १९ का कारण विश्वव्यापी रुपमा ग्लोवको ठूलो मागका बीच वन्देज कायम रहेपछि सो फुकुवा गर्ने उद्धेश्यले टप ग्लोव लगायतका कम्पनीहरुले आप्रवासी श्रमिकहरुले तिरेको रकम फिर्ता गर्ने घोषणा गरेका थिए । सो अनुरुप केहि कम्पनीहरुले रकम फिर्ता गरिसकेको बताएका छन् भनें केहिले किस्तावन्दीमा रकम फिर्ता गरिरहेको बताएका छन् ।

यो पनि पढ्नुहोस् श्रमिकलाई मलेसिया आउँदा तिरेको रकम किन फिर्ता गर्दैछन् यी कम्पनीहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: