दूतावासका कर्मचारीलाई कोभिड भएपछि भौतिक रुपमा दिने सेवा स्थगित

साउदी अरेविया स्थित नेपाली दूतावासले केहि कर्मचारीहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको हुँदा भौतिक रुपमा प्रदान गर्ने सेवाहरु स्थगित गरेको छ । दूतावासले एक विज्ञप्ती जारी गर्दै भौतिक रुपमा दूतावासमा उपस्थित भएर लिनुपर्ने सवै सेवाहरु अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।

दूतावासले अत्यावश्यक काम परेर दूतावासमा सम्पर्क गर्नु परेमा दूतावासले उपलव्ध गराएको टेलिफोन नम्वरहरुमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । दूतावासमा सम्पर्क गर्नुपर्ने भएमा विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म ०११ ४६१११०८ मा सम्पर्क गर्न सकिने छ । यसैगरी दूतावासको हटलाइन नम्वर ०५५९३८९६०० मा पनि सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यो पनि पढ्नुहोस् नेपाली कार्यरत मध्ये अधिकाँश मुलुकहरुमा कोरोनाको संक्रमण र मृत्यु घट्दै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय