गाँस काटेर मातृभूमिमा सास पठाएको भन्दै पूर्वमन्त्री विष्टद्दारा खाडीमा कार्यरत नेपालीको प्रशंसा

पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जन्मभूमिलाई अप्ठ्यारो परिरहेको अवस्थामा आफ्नो गाँस काटेर सास पठाएको भन्दै खाडीमा कार्यरत नेपालीको सह्राना गरेका छन् । खाडीका मुलुकहरुमा कार्यरत नेपालीहरुले चन्दा उठाएर शनिवार मात्रै नेपालमा ५ सय ६० वटा अक्सिजन लिलिण्डर नेपाल पठाएका छन् ।

सामाजिक सञ्जाल मार्फत पूर्वमन्त्री विष्टले खाडीमा कार्यरत नेपालीहरुले पठाएको अक्सिजन सिलिण्डरले थुप्रै नेपाली नागरिकहरुको जीवन जोगिने भन्दै उनीहरुको मद्दतलाई सलाम भनेका छन् । यो कदमले कोरोना विरुद्दको लडाईमा यसैगरी सहयोग गर्न सवैमा प्रेरणा जाग्ने विश्वास पनि उनले प्रकट गरेका छन् ।

यसैबीच गैर आवासिय नेपाली संघ (एनआरएनए) का प्रवक्ता डीवि क्षेत्रीले ओमानबाट शनिवार पठाइएको अक्सिजन सिलिण्डर आम श्रमिकको देशप्रेमका कारण पठाउन सफल भएको भन्दै कुनै व्यक्ति विशेषको तस्वीर हालेर प्रचार नगरिदिन अनुरोध गरेका छन् । खाडीका मुलुकमा कृयाशिल गैर आवासिय नेपाली संघ, नेपाल पत्रकार महासंघ लगायतका अगुवाहरुको प्रयत्नमा आम श्रमिकले संकलन गरेको चन्दा मार्फत ति सिलिण्डरहरु नेपाल पठाइएको हो ।

कतार, कुवेत, युएई, साउदी अरेविया, ओमान लगायतका मुलुकहरुबाट सहयोग संकलन गरि खरिद गरेर ओमानबाट पठाइएको सो सिलिण्डरहरु पहुँचवाला व्यक्तिको हातमा पुग्नुको सट्टा समस्यामा परेका आम नागरिकले पाउनु पर्ने भन्दै विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत खवरदारी गरिरहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय