खाडीमा कार्यरत नेपालीको मातृभूमिलाई सहयोग: अक्सिजन सिलिण्डर शनिवार नेपाल आइपुग्दै

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले मध्यपूर्वबाट पठाउन लागेको अक्सिजन सिलिण्डरहरु शनिवार नेपाल आइपुग्ने भएको छ । नेपालमा अक्सिजन सिलिण्डरको चरम अभावका बीच एनआरएनएले मध्यपूर्वबाट ५ सय ५० सिलिण्डर नेपाल पठाउने अभियान सुरु गरेको थियो । ७५ लाख रुपैयाँ बराबरको अक्सिजन सिलिण्डरहरु नेपाल पठाउन लागिएको हो । सो क्रममा ५ सय ६० सिलिण्डर खरिद गरिएको र यो समाचार तयार पार्दा नेपाल एयरलाइन्सको जहाजमा लोड भइरहेको जानकारी ओमानबाट एनआरएनएका प्रवक्ता डीवि क्षेत्रीले देशपरदेशलाई दिए ।

ओमान, यूएई, कतार, साउदी अरब, कुबेत र बहराईन लगायतका खाडी मुलुकहरुमा रहेका एनआरएनए राष्ट्रिय समितिहरुले त्यहाँ कार्यरत श्रमिकहरुसँग चन्दा संकलन गरेर ति सिलिण्डरहरु नेपाल पठाएका हुन् ।

नेपालमा अक्सिजन सिलिण्डरको अभावमा दैनिक कयौंले ज्यान गुमाउनु परिरहेको अवस्थामा खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुले श्वस्फुर्त रुपमा आर्थिक सहयोग गरेको एनआरएनए, मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीले बताए । एनआरएनएले ूनेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियानका साथ आर्थिक संकलन अभियान शुरु गरेको हो । एनआरएनए ओमानको संयोजनमा ओमानमा ७५ लाख रुपैयाँ बराबरको सिलिण्डर खरिद गरिएको थियो । नेपाल एअरलाइन्सको वाईडबडी जहाज मार्फत शनिबार बेलुकीसम्ममा अक्सिजन सिलिण्डर नेपाल आईपुग्ने छ । ढुवानीको ब्यवस्था नेपाल सरकार आफैले गरेको हो ।

यसैगरी एनआरएनएले चीनबाट खरिद गरेको १७० अक्सिजन कन्सन्ट्रेटर केही दिनमा नेपाल पुग्दैछ । यसको लागि १ करोड ३७ लाख रुपैयाँ खर्च लाग्ने बताईएको छ। एनआरएनए अष्ट्रेलियाले १ करोड रुपैयाँ र एनआरएनए अमेरिकाले ६० लाख रुपैयाँ बराबरको सहयोग जुटाउने अभियान शुरु गरेका छन् । अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरुबाट १५ लाख रुपैयाँ बराबरको अक्सिजन सिलिण्डर नेपालको विभिन्न अस्पतालहरुमा वितरण गरिसकिएको एनआरएनले जनाएको छ ।

कोभिड(१९ को दोश्रो लहरले मातृभूमि नेपाल आक्रान्त भएको भन्दै खाडी राष्ट्रमा कार्यरत श्रमिकहरु चिन्तित छन् । प्रवक्ता क्षेत्रीले मातृभूमिमा आपत परेको समयमा अभियान सञ्चालनमा ओमानका लागि नेपाली राजदूत शर्भिला पराजुली तथा खाडी क्षेत्रमा कार्यरत सम्पूर्ण नेपाली सहयोगीहरुलाई धन्यवाद दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय