पहिलो खोप लगाएपछि कोरोना संक्रमण भएमा दोश्रो पटक खोप लगाउने कि नलगाउने ?

कोभिड १९ को खोप नेपालमा लगाउने क्रम जारी छ । पहिलो चरणमा अग्रमोर्चामा काम गर्नेहरु लगायतलाई खोपको पहिलो मात्रा दिइएको छ र केहि समय पश्चात दोश्रो मात्रा दिइनेछ । यसैगरी भारतबाट थप खोप आउँदै गरेका कारण अन्य व्यक्तिलाई पनि खोप दिइन थालिनेछ ।

यो सन्दर्भमा एउटा जिज्ञासा देखिएको छ, खोपको पहिलो मात्रा लगाएपछि दोश्रो मात्रा लगाउने कि नलगाउने ? यो आवश्यक हुन्छ वा हुन्न ? यस बारेमा युएईको दुवई स्वास्थ्य प्राधिकरणले स्पष्ट गरेको छ । सो प्राधिकरणका सरुवा रोगा नियन्त्रण विभाग प्रमुख फरिदा अल होसेनीले कुनै व्यक्तिले खोपको पहिलो मात्रा लगाएपछि कोभिड १९ को संक्रमण भएमा केहि विषयमा ध्यान दिनुपर्ने बताइन् ।

यो पनि पढ्नुहोस् उनीहरु निरन्तर दक्षिण बगिरहेछन्, महाकालीको पानी झैं

उनले फाइजर, सिनोफार्म तथा अक्सफोर्ड मध्ये जुनसुकै कम्पनीको खोप पहिलो मात्रा लगाएपछि कुनै व्यक्तिलाई कोभिड भएमा त्यस्ता व्यक्तिले निश्चित अवधिसम्म आइसोलेसनमा बस्नु पर्ने बताइन् । कुनै व्यक्तिलाई लक्षण नदेखिएको तर कोभिड भएको व्यक्तिसँग सम्पर्कमा आएको भएमा पनि १० दिनसम्म आइसोलेशनमा बस्न र त्यसपछि चिकित्सकसँग परामर्श गरेर खोपको दोश्रो मात्रा लिनुपर्ने उनको भनाई छ ।

खोपको दोश्रो मात्रा लगाउन केहि ढिलाई भएमा पनि कुनै फरक नपर्ने भन्दै उनले तर दोश्रो मात्रा भनें आवश्यक रहेको बताइन् । कोभिडका कारण गम्भीर स्वास्थ्य समस्या देखिएमा भनें चिकित्सकको परामर्श महत्वपूर्ण रहेको उनको भनाई छ । नेपालमा हाल उपलव्ध खोप अक्सफोर्डद्दारा विकास गरिएको खोप हो जसलाई भारतीय कम्पनी सेरमले उत्पादन गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय