नयाँ श्रममन्त्रीको प्रतिवद्दताः ठगि नियन्त्रण र स्वदेशको रोजगारी

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले आफ्नो प्राथमिकता स्वदेशको रोजगारी प्रवद्र्दन नै भएको बताएका छन् । उनले स्वदेशमा हालसम्म धेरै रोजगारीको वातावरण नभएका कारण युवा वैदेशिक रोजगारमा जान बाध्य भइरहेको भन्दै सकेसम्म स्वदेशमा नै रोजगारी वृद्दिका लागि आफूले काम गर्ने बताए ।

मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले वैदेशिक रोजगारका नाममा हुने ठगिका बारेमा आफूले सञ्चार माध्यमबाट नै जानकारी पाएको भन्दै यसका विरुद्दमा रहने प्रतिवद्दता जनाए । उनले रोजगारीका लागि विदेश जानेहरुलाई भइरहेको ठगि नियन्त्रण हुनुपर्दछ भन्ने आफ्नो मान्यता रहेको भन्दै वैदेशिक रोजगार व्यवसायीको काम पारदर्शी हुनुपर्ने बताए ।

विभिन्न मुलुकहरुसँग श्रम सम्झौता हुन नसकिरहेको भन्दै मन्त्री चौधरीले हालसम्म भएका, हुन नसकेका कामहरुको अध्ययन गरेर आफूले नयाँ कामको योजना बनाउने बताए ।

पार्टीमा चरम विवाद पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सातजना मन्त्रीहरुले त्यसमा असहमति जनाउँदै राजिनामा दिएका थिए । श्रम मन्त्रीबाट रामेश्वर राय यादवले पनि पदबाट राजिनामा दिएपछि सो स्थानमा प्रधानमन्त्री ओलीले चौधरीलाई मन्त्री नियुक्त गरेका हुन् । उनी पूर्व माओवादी हुन् । कैलाली क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा विजयी भएका चौधरी मन्त्री भएपछि उनको निर्वाचन क्षेत्रमा विरोध सुरु भएको छ । प्रचण्ड माधव नेपाल पक्षधरले शनिवार नै उनको पुत्ला जलाएका थिए । चौधरी यसअगाडी २०७३ सालमा पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा कृषि मन्त्री भएका थिए ।

यो पनि पढ्नुहोस् मलेशिया सरकारले नेपाली भाषामा नयाँ मोवाइल एप सुरु गर्दै, रोजगारदाता विरुद्ध उजुरी गर्न सकिने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय