कुकुर खेद्न, गाई धपाउन होइन, उपलव्धीमूलक रोजगारी दिन्छौंः मुख्यमन्त्री राउत

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले रोजगारी गुमाएर स्वदेश फर्किनेहरुलाई प्रदेश सरकारले उपलव्धीमूलक रोजगारीसँग जोड्ने बताएका छन् । यसका लागि प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा सम्वोधन हुने उनले बताए ।

श्रम रोजगार पत्रकार समूहले आयोजना गरेको छलफलमा बोल्दै मुख्यमन्त्री राउतले भने “हामी कुकुर खेदाउन, गाई धपाउने होइन उपलव्धीमूलक रोजगारमा उनीहरुलाई संलग्न गराउने छौं ।” प्रधानमन्त्री रोजगार कार्यक्रम धेरैजसो त्यस्तै कामहरुमा बजेट खर्च गरेका कारण आलोचित हुँदै आएको छ । यस बर्ष संघिय सरकारले सो कार्यक्रममा ठूलो बजेट छुट्याएको छ । मुख्यमन्त्री राउतले सोही कार्यक्रमर्लाइ व्यँग्य गर्दै प्रदेश सरकारको कार्यक्रम उपलव्धीमूलक हुने बताएका हुन् ।

मुख्यमन्त्री राउतले वैदेशिक रोजगारबाट फर्किनेहरुका कारण उत्पादन बृद्दि हुनेमा पनि आशावादी रहेको बताए । उनले हाल कृषि श्रमिक पाउन मुस्किल रहेको सन्दर्भ जोड्दै आफ्नै खेतीपातीमा समेत वैदेशिक रोजगारबाट फर्केकाहरुले योगदान दिने अपेक्षा प्रकट गरे ।

वैदेशिक रोजगारबाट फर्किनेहरुलाई प्रदेश सरकारले स्वागत गर्ने मुख्यमन्त्री राउतको भनाई थियो । उनले वैदेशिक रोजगारबाट फर्किनेहरुले सिकेर आएको सीप अनुसारको रोजगारीसँग जोड्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने समेत बताएका छन् ।

मुख्यमन्त्री राउतले कोभिड १९ को संक्रमण फैलिन नदिन संघिय सरकारले प्रदेश सरकारबाट सहयोग नपाएको गुनासो गरे ।संघिय सरकारका एकजना मन्त्रीले पनि एक पटक समेत फोन नगरेको भन्दै उनले आफैंले मन्त्रीहरु, सचिव, महानिर्देशकहरुलाई फोन गरेर व्यवस्थापनको चाँजोपाँजो मिलाइरहेको बताए । “मेरो पदीय जिम्मेवारीले त्यसो गर्न दिन्छ की दिंदैन थाहा छैन”, मुख्यमन्त्री राउतले भने “तर हाम्रो प्रदेशका नागरिकको सुरक्षाका लागि म त्यसो गरिरहेको छु ।”

प्रदेश नं २ मा रहेका क्वारेण्टिनहरु व्यवस्थीत हुन नसकेको भन्दै स्थानीय तहहरुले बनाएका क्वारेण्टिनमा बढी समस्या भएको तर्क गरे । प्रदेश सरकारले बनाएका क्वारेण्टिनमा ठूलो समस्या नभएको तर स्थानीय तहले बनाएकाहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा गर्न नसक्ने खालका भएको र त्यहाँ परिवारका सदस्यहरुको समेत सहज पहुँच भएको उनको भनाई थियो ।

छलफलमा साउथ एसियन रिजनल ट्रेड यूनियन काउन्सील (सार्टुक) का महासचिव लक्ष्मण बहादुर बस्नेतले वैदेशिक रोजगारबाट फर्किनेहरुलाई प्रदेश सरकारले माया र ईज्जत दिनुपर्ने बताए । रोजगारी गुमाएर फर्किनेहरुलाई उचित रुपमा सम्वोधन गरिनुपर्ने भन्दै उनले त्यसरी फर्केकाहरुको गुनासो सुनुवाई र सम्वोधन, विदेशमा काम गरेको तलव, सुविधा वापतको रकम पाउन बाँकी रहेको भएमा त्यसलाई दिलाउन कुटनीतिक पहल हुनुपर्ने बताए । स्वदेशमा नै रोजगारी सिर्जना चुनौतिपूर्ण रहेको भन्दै महासचिव बस्नेतले क्वारेण्टिनहरु मौतको कुवा भइरहेको भन्दै त्यसमा सुधार आवश्यक रहेको औंल्याए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय