तत्काल स्वदेश फर्किने ईच्छा सहित फारम भरेकाहरु खोज्दै दूतावास

तत्काल स्वदेश फर्किन र्ईच्छुक रहेको भन्दै दूतावासले उपलव्ध गराएको अनलाईन फारम भरेका तर फारममा उपलव्ध गराइएको मोवाईल नम्वरमा सम्पर्क हुन नसकेको भन्दै त्यसरी फारम भरेका र दूतावाससँग सम्पर्क हुन नसकेकोहरुलाई यथाशिघ्र सम्पर्क गर्न बहराइन स्थित नेपाली दूतावासले सुचना निकालेको छ ।

दूतावासले निकालेको सूचनामा बहराइनमा कार्यरत रहेका र समस्यामा परेका नेपालीका समस्याहरुलाई एकिकृत गरी समाधान गर्ने उद्देश्यले दूतावासले तयार पारेको फारम भर्नेहरुको खोजि दूतावासले सुरु गरेको हो । तर त्यसरी खोजि गर्दा तत्काल नेपाल जानु पर्ने भन्दै फारम भरेकाहरु मध्ये कतिपयको मोवाईल नम्वरमा सम्पर्क हुन नसकेको दूतावासले जनाएको छ । त्यसरी फारम भर्नेहरुलाई राजदूतावासको सम्पर्क नम्वरहरुमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

फारम भरेका तथा फारममा उपलव्ध गराएको मोवाईल नम्वर फरक परेकाहरुले मनामा, बहराईन स्थित दूतावासको टेलिफोन नम्वर १७७२ ५५८३ मा फोेन गर्न सक्छन् ।

यो पनि पढ्नुहोस् विदेशमा २ प्रतिशत नेपाली श्रमिकको रोजगारी गुम्यो, ८६ प्रतिशतले पुरा तलव पाउँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: