विदेशबाट किन नेपालीलाई स्वदेश फिर्ता नल्याएको होला ? (जनमत)

 

वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली केहि समययता स्वदेश फर्किने पर्खाईमा छन् । विशेषगरी रोजगारी सम्झौता सकिएकाहरु, भिषाको म्याद सकिएका, जागिरबाट निकालिएकाहरु, भिजिट भिषामा गएर रोजगारी गुमाएकाहरु सकेसम्म छिटो स्वदेश फर्किन चाहन्छन् । यसैगरी अन्य खालका समस्यामा परेकाहरु पनि स्वदेश फर्किने पर्खाईमा छन् ।

झण्डै दुई हप्ता अगाडी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले श्रम रोजगार पत्रकार समूहले आयोजना गरेको छलफलमा विदेशमा रहेका र स्वदेश फर्किन चाहने नेपालीको प्राथमिकता तय गरेर स्वदेश फर्काइने बताएका थिए । तर हालसम्म पनि त्यसको तयारी देखिनेगरी भएको छैन । यसै सन्दर्भमा किन विदेशमा रहेका नेपालीलाई नेपाल सरकारले फिर्ता ल्याएको छैन भन्ने जिज्ञासामा देशपरदेशलाई प्राप्त केहि प्रतिकृयाहरु जस्ताको तस्तैः

साईप्रसबाट समिम मियाँ लेख्छन्ः फर्कन चाहने नेपाली को संख्या हजारौंमा छ । सरकारले ती नेपाली को लागि क्वारेन्टाइनको विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको उचित व्यवस्थापन गर्न निस्शुल्क नसक्ने भएको एक कारण हुन सक्छ भने डेडिकेटेड कोरोना टेस्ट टिम र समाग्रीको प्रवन्ध गर्न नसक्ने हुनाले अर्को कारण हुन सक्छ

यसैगरी लेखनाथ राई चाहिं विदेशबाट नेपालीले कोरोना ल्याउँछन् भनेर सरकारले विदेशमा रहेका र स्वदेश आउन चाहनेहरुलाई नफर्काएको बताउँछन् । उनी लेख्छन्ः कोरोनाले छोडेका बाँचेकाले पुनः रेमिट्यान्स पठाउँछन् भनेर हो। बिदेशमा हाल महामारीको चपेटामा परेका नेपाली तिर भन्दा ध्यान कुर्सी जोगाउन नै सरकार तल्लीन भएर हो। ल्याए पनि कहाँ कसरी राख्ने भन्ने सरकारको गृहकार्य नभएर हो । तत्काल कुनै चुनावी गतिविधि नभएर हो ।

लीला गिरी आफ्ना नागरिक फर्काउन नसक्ने सरकार नालायक हो भन्छन् । उनी लेख्छन्ः नालायक सरकार भयपछि यस्तै हो । हामिले पठाएको रेमिटान्समा भ्रष्टाचार गर्दा ठिक भयो, हाम्रो त के खाचो रु ससरकार नालायक भएर आँखा रेमिटेन्समा मात्र छ, हामी ४५/५० डिग्रीमा काम गरेर पठाउने मान्छेमा छैन ।

युएईबाट मोहन बस्याल सरकारले विदेशबाट आउनेहरुको व्यवस्थापन गर्न असक्षम भएर नेपाल नफर्काएको हो भन्ने धारणा राखेका छन् । यसैगरी जीवन श्रेष्ठले पनि विदेशबाट आउनेहरुलाई राख्ने पर्याप्यत क्वारेण्टाइन नहुनु नै समस्या भएको बताएका छन् । बुद्द श्रेष्ठले फेसबुक वालमा लेखेजति व्यवस्थापन गर्न सजिलो नभएको हुँदा विदेशबाट नेपालीलाई सरकारले नल्याएको धारणा राखे ।

भरत हाङपाङ खाडीबाट आउनेहरुको परीक्षण गरेर पठाइने र नेपाली आएपछि क्वारेण्टाइनमा पनि आफैहरु बस्न तयार भएको हुँदा फिर्ता ल्याउनु पर्ने धारणा राख्छन् ।

टंक गुरुङ चुनाव नभएका कारण यस्तो भएको तर्क गर्छन् । यदि चुनाव हुन्थ्यो भनें आजको भोली नै ल्याईन्थ्यो भन्ने उनको विचार छ । कुवेर मिश्रले चाहिं सरकारले जनतासँग त केवल कर असुल्छ भन्दै हित चाहिं नेताको मात्र गर्छ भन्ने रोष प्रकट गरेका छन् । (तस्वीर साँकेतिक रुपमा मात्र प्रयोग गरिएको हो)

यो पनि पढ्नुहोस् भिषाको म्याद सकिएकाहरुको जरीवानाका बारेमा नयाँ घोषणा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय