भिषाको म्याद सकिएकाहरुको जरीवानाका बारेमा नयाँ घोषणा

संयुक्त अरव ईमिरेट्स (युएई) ले भिषाको नियम उल्लंघन गरेका सवैलाई जरीवाना छुट दिने घोषणा गरेको छ । युएईका राष्ट्रपति शेख खलिफा बीन खलिफा बीन जायाद अल नहयानले बुधवार यसको घोषणा गरेका हुन् । युएईका शेखको सो घोषणा अनुसार मार्च १, २०२० अगाडी भिषाको समयावधि सकिएका कसैले पनि जरिवाना तिर्नुपर्ने छैन । कोरोना संक्रमण सुरु भइसकेपछि भिषाको म्याद सकिएकाहरुले जरीवाना तिर्नु नपर्ने यसअगाडी नै युएईले घोषणा गरिसकेको छ ।

युएईको फेडरल अथोरिटी फर आइडेन्टीटी एण्ड सिटिजनशीपका प्रवक्ता ब्रिगेडीयर खामिस अल कावीले एक मिडिया ब्रिफिङमा मे १८ पश्चात तीन महिनाभित्रमा युएई छोड्नेहरुले यस्तो जरीवाना छुटको सुविधा पाउने बताएको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । ईमिरेट्स आइडी तथा वर्क परमिट सकिएकाहरुले जरिवाना छुट पाउने उनले प्रष्ट्याए । यसैगरी भिजिट भिषामा युएई आएर भिषाको म्याद सकिएकाहरुले पनि यस्तो सुविधा पाउनेछन् ।

प्रकृया पुरा गरेर आउने कसैलाई पनि स्वदेश फर्किन नरोकिने भन्दै ब्रिगेडीयर कावीले सेवा लिन अथोरिटीको स्मार्ट प्लेटफर्मको उपयोग गर्न आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस् कोरोनाका कारण समस्यामा परेका र उद्दारको विषयमा मानव अधिकार आयोगले लियो अग्रसरता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय