कोरोनाका कारण समस्यामा परेका र उद्दारको विषयमा मानव अधिकार आयोगले लियो अग्रसरता

कोरोना भाईरस (कोभिड १९) का कारण गन्तब्य मुलुकमा रहेका आप्रवासी श्रमिकको अवस्था र नेपालमा यस सम्बन्धमा भई रहेको तयारी बारे राष्ट्रिय मानव अधिकार आयोगको अगुवाईमा प्रतिवेदन तयार पारिने भएको छ । आयोगको अग्रसरतामा आज भएको छलफलमा आयोगका सदस्य सुदीप पाठकको संयोजकत्वमा आप्रवासन सम्बन्धी बहुसरोकारवाला कार्यदल (कोभीड १९)  गठन गर्ने निर्णय भएको हो । कार्यदल १७ सदस्यीय रहेको छ ।

आयोगका सदस्य सुदीप पाठकका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशीक रोजगार बोर्ड, बैदेशीक रोजगार विभाग लगायतका निकायले विभिन्न गन्तव्य मुलुकहरुबाट तत्कालै नेपाल ल्याउनु पर्ने बिषयमा तयारी तथा गृहकार्यहरु भईरहेको बिषय जानकारी गराएका थिए ।

छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिषचन्द्र घिमिरेले कोरोनाको महामारी सुरु भए पछि बैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुको अवस्था, आप्रवासनका गएकाहरुको तत्काल समस्याहरु के के छन् भन्ने विषयमा मन्त्रालयको तयारीका विषयमा जानकारी गराएका थिए । यसैगरी तत्कालै उद्धार गर्नु पर्नेको तथ्याङ्ग लिने र अन्य ब्यवस्था के के गर्नु पर्छ यसबारे नियोग, मन्त्रालय र सरोकारवालासंग राय सल्लाह लिई गन्तब्य देशले गर्ने ब्यवस्था र नेपाल ल्याउने प्रकृया, आइसकेपछि राख्ने तथा क्वारेन्टीन घरसम्म पुर्याउने ब्यवस्था तत्काल गर्नु पर्ने बारेमा ब्यापक तयारी गरेको जानकारी दिए ।

सो अवसरमा बैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले विभागले सवै देशहरु तथा विभिन्न निकायहरुबाट सुचनाहरु संकलन गरि रहेको तथा प्राप्त सुचनाको आधारमा तत्काल गर्नु पर्ने कार्यहरु समेत गरेको जानकारी दिए । उनले विदेशमा जोखिममा रहेकाहरु, आप्रवासी श्रमिक गर्भवती महिला, विरामी र यसै समयमा मृत्यु भएका नेपालीहरु भएकोले यिनीहरु सम्बन्धमा सहि तथ्याँकको आधारमा उनीहरुको उद्दारका लागि सवै मिलेर काम गर्नुपर्ने धारणा राखे ।

बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले विदेशमा रहेका आप्रवासी श्रमिकहरुको हालसम्म बोर्डलाई प्राप्त तथ्य तथा सुचनाहरुको जानकारी गराए । साथै यस समयमा विभिन्न कारणबाट मृत्यु भएका नेपालीहरुको शव ल्याउन कठिन भएको तथा उनीहरुको सन्दर्भमा सवै मिलेर काम गर्नु पर्ने कुरामा जोड दिदै बोर्डले सरकारको निर्देशनमा गरि रहेको काम तथा अन्य तयारीको बारे जानकारी दिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दिपक ढकालले कोरोनाको महामारी पछि नेपाली श्रमिकले भोग्नु परेको समस्याहरुको जानकारी मन्त्रालयलाई भईसकेको र सहयोग तथा उद्धारको सम्बन्धमा अन्तरमन्त्रालय, गन्तब्य मुलुक तथा सरोकारवालासंग छलफल भई समस्या समाधानको काममा जुटिरहेको जानकारी गराए ।

छलफलमा सहभागी आइएलओ, आइओएम, गैरसरकारी संस्थाहरु, वैदेशीक रोजगार व्यवशायी संघ लगायतका प्रतिनिधिहरुले सूचना संकलन लगायत गन्तव्य मुलुकमा रहेका आप्रवासी नेपाली श्रमिकहरुको समस्या समाधानको लागि पहल गरिरहेको बिषयहरुमा जानकारी गराएका थिए ।

सो अवसरमा सबै सरोकारवालाहरुले गरेको कार्यहरुलाई एकीकृत सूचना प्रणालीको लागि आयोगमा नियमित पठाउने, आप्रवासी नेपाली श्रमिकहरुको हालको अवस्थाको बारेमा द्रुत अध्ययनगरि प्रतिवेदन तयार गर्ने, हालको बिषम अवस्थामा आप्रवासी नेपाली श्रमिकहरुको सुरक्षा, स्वदेश फिर्ती जस्ता प्राथमिकताका बिषयहरु निर्धारण गर्नको लागि नेपाल सरकारलाई सहयोग गर्ने, विभिन्न निति, कार्यविधि तथा मापदण्ड निर्माणका लागि सहयोग गर्ने लगायतका कार्यहरु गर्न आयोगका सदस्य पाठकको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको थियो ।

यो पनि पढ्नुहोस् मंगलवार थप तीन नेपाली श्रमिकले कोरोनाका कारण ज्यान गुमाए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय