मंगलवार थप तीन नेपाली श्रमिकले कोरोनाका कारण ज्यान गुमाए

कोरोना भाईरस (कोभिड १९) का कारण मंगलवार संयुक्त अरव ईमिरेट्स (युएई) तथा बहराइनमा गरी तीनजनाको ज्यान गएको छ । युएईमा दुईजनाको तथा बहराइनमा एकजनाको मृत्यु भएको हो ।

योसँगै युएईमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ । गत मे ९ तारिखका दिन युएईमा एकजना नेपालीको कोरोनाका संक्रमणका कारण ज्यान गएको थियो । यसैगरी मंगलवार थप एकजनाको मृत्यु भएसँगै बहराइनमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या दुई पुगेको छ ।

युएईमा हालसम्म २ सय भन्दा बढी नेपाली कोरोना संक्रमणमा परेको अनुमानित तथ्याँक छ । साउदी अरेवियामा  एकजनाको ज्यान गएको साउदी स्थित नेपाली दूतावासले जनाएको छ ।

कतारमा कोरोना संक्रमितको संख्या मध्ये नेपालीको संख्या ठूलो देखिएको छ । हालसम्म २ हजार ३ सय भन्दा बढी नेपालीमा कोरोना संक्रमण देखिएको गैर आवासिय नेपाली संघले जनाएको छ । कतारमा कुल कोरोना संक्रमित मध्ये नेपालीको दोश्रो ठूलो संख्या हो । पहिलोमा भारतिय रहेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यसअघि विश्वका विभिन्न मुलुकमा गरी नेपाली नागरिक तथा गैरआवासिय नेपाली गरी ७८ जनाको कोरोनका कारण मृत्यु भएको तथ्याँक सार्वजनिक भएको थियो । जसमध्ये सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको हो ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार अमेरिकाको न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ९, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन २, स्वीडेनमा १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा। सञ्जिव सापकोटाले जानकारी दिए ।

यो पनि पढ्नुहोस् विदेशमै शव अन्त्येष्टि गरे ५० हजार दिने प्रस्ताव भावनामा चोट पार्ने काम: संग्रौला

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय