विदेशमै शव अन्त्येष्टि गरे ५० हजार दिने प्रस्ताव भावनामा चोट पार्ने काम: साँसद संग्रौला

साँसद डिला संग्रौलाले सरकारले विदेशमा रहेका नेपालीको शव उतै अन्त्येष्टि गर्ने अनुमति दिने परिवारलाई ५० हजार राहत दिने कुराले उनीहरुको भावना माथि ठेस पुगेको बताएकी छन् ।

संसदमा शुन्य समयमा बोल्दै साँसद संग्रौलाले कि सास देउ, कि लास भनिरहेको अवस्था रहेको भन्दै सोमवार सार्वजिनक भएको श्रम मन्त्रालयको निर्णयको आलोचना गरेकी हुन् ।

उनले कोरोना संकट भन्दा पहिले नै निधन भएका एकसय भन्दा बढी नेपालीहरुको शव विदेशमा अलपत्र रहेको बताइन् । उनले रोजगारी गुमाएका दशौँ हजार नेपालीहरु खाडी लगायतका मुलुकबाट स्वदेश फर्कन पर्खी रहेको पनि बताइन् । उनीहरुलाई विशेष विमान पठाएर सरकारले जति सक्दो चाँडो उद्धार गर्नुपर्ने उनको माग थियो । नेपाल, भारत सीमामा आइपुगेका, गत केही दिन देखि भोकै, प्यासै रहेका सयौं नेपालीहरुलाई ससम्मान स्वदेश भित्रियाएर नेपाल प्रहरी, सेना र स्वयसेवकहरु परिचालन गरि होटेल, स्कुल, कलेजहरुमा क्वारेंटाइनमा राख्ने प्रवन्ध गर्न र स्वास्थ्य परिक्षण पछि मात्रै घर, परिवारमा जान दिन उनले माग गरिन् ।

यो पनि पढ्नुहोस् अलपत्र नेपालीको उद्दार गर्न राष्ट्रिय मानव अधिकार आयोगद्दारा सरकारको ध्यानाकर्षण

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय