
कोरोना भाइरस (कोभिड १९) का संक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउन साउदी अरेवियाले रोवोट मार्फत औषधि दिन थालेको छ । साउदी अरेवियाको जेद्दा स्थित किंग अव्दुल्लाह मेडिकल कम्प्लेक्समा शंकास्पद कोरोना संक्रमितको परीक्षण गर्ने काम रोबोट मार्फत गर्न थालिएको हो । रोबोट मार्फत नै विरामीलाई औषधिहरु पनि पुर्याउने काम थालिएको छ ।
यो पनि पढ्नुहोस्: जनैखटिरा, श्रममन्त्री यादव र गुमेको एउटा अवसर
अरव न्यूजका अनुसार उच्च प्रविधिको सो रोबोटको प्रयोग मार्फत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण सर्न नदिने लक्ष्य राखिएको स्वास्थ्य अधिकारीहरुले अपेक्षा राखेका छन् । चिकित्सक र नर्सहरुलाई हामी संक्रमणको जोखिमबाट बचाउन सक्छौं स्वास्थ्य अधिकारीहरुलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।
समाचार अनुसार सो रोबोटमा स्टेथेस्कोप, अटोस्कोप, उच्चक्षमताको क्यामेरा जडान गरिएको छ । तसर्थ सोही रोबोटको माध्यमबाट चिकित्सकहरुले विरामीभन्दा टाढा रहेर सवै जाँच गर्न सक्दछन् । रोबोटले नै विरामीको रक्तचाप लगायत पनि जाँच्न सक्दछ । यसैगरी विरामीको एक्सरे लगायत गरेर स्मार्ट फोनमा विवरण पठाउन सक्दछ जसलाई चिकित्सकले अध्ययन गरेर विरामीको अवस्था पत्ता लगाउन सक्दछन् ।
यो पनि पढ्नुहोस् नेपाल बदल्न यति गर्न सकिन्न र ?