कोरोना विरुद्दको खोप परिक्षणका लागि तयार

पहिलो पटक परिक्षणका रुपमा कोरोना भाईरस (कोभिड १९) विरुद्दको खोप आज (सोमवार) लगाईंदैछ । अमेरिकाका सरकारी अधिकारीलाई उधृत गर्दै एसोसिएटेड प्रेसले लेखेको समाचारमा सोमवार प्रयोगात्मक परिक्षणका लागि पहिलो पटक खोप लगाइने भएको हो । तर त्यसरी खोप लगाइने व्यक्तिको परिचय भनें गोप्य राखिएको छ ।

खोपको परीक्षण ४५ जनामा गरिंदैछ जो स्वस्थ्य व्यक्ति हुन् । खोप परिक्षणमा कुनै साइड इफेक्ट नदेखिए त्यसलाई बजारमा लगिन्छ ।
परिक्षण आज गरिएपनि सो खोप सफल देखिएमा यसलाई पुर्ण रुपमा बजारमा ल्याउन भनें एक बर्षदेखि १८ महिनासम्म लाग्न सक्ने बताइएको छ ।

खोप सफल भएमा सो खोप लगाएपछि यसले कोरोना भाइरस लाग्नबाट बचाउँछ ।

यो पनि पढ्नुहोस् खाडी र मलेसिया बाहेक पनि बढ्दैछन् नेपालीका लागि नयाँ श्रम गन्तव्यहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय