‘कोरोनाको महामारीको बहानामा श्रमिक कटौती गर्न पाइन्न’

काठमाडौं, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरसको प्रभावको बहानामा श्रमिक कटौती नगर्न आग्रह गरेको छ । वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरुलाई बेतलवी विदामा बस्न आदेश दिएको कुराप्रति जिफन्टले गम्भीरता प्रकट गर्दै नेपालको कुटनीतिक नियोगहरु मार्फत त्यस्तो कार्य रोक्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग माग पनि गरेको छ ।

बुटवलमा सम्पन्न भएको जिफन्टको राष्ट्रिय कमिटीको ९६ औं वैठकले गरेका निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिफन्ट महासचिव जनक चौधरीले नेपाली श्रम बजारलाई सुदृढ, सन्तुलित र मर्यादित बनाउन नेपाल सरकार समक्ष आग्रह पनि गरे । महासंघद्दारा जारी विज्ञप्तीमा महासंघले समानान्तर रुपमा श्रम अडिट गर्ने र त्यसको प्रतिवेदन आगामी मे दिवसको सन्दर्भमा सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिइएको छ ।

वैठकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सवै रोजगारदाता र श्रमिकहरुलाई आवद्द हुन आव्हान गरेको छ । श्रमिकहरु अप्ठ्यारोमा परेको समयमा सामाजिक सुरक्षा योजनाले सुरक्षा प्रदान गर्ने जिफन्टको ठहर छ ।

यसैगरी जिफन्टले न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रकृयाको थालनी गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ । श्रम ऐन, २०७४ अनुसार हरेक दुई बर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरिनु पर्दछ । सरकार, रोजगारदाता र ट्रेड यूनियनबीचको त्रिपक्षिय छलफलका आधारमा न्यूनतम पारिश्रमिक पुनरावलोेकन हुने व्यवस्था छ । सहमति नभएको अवस्थामा सरकारले नै न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्दछ । यसअघि २०७५ सालमा त्रिपक्षिय सहमतिका आधारमा न्यूनतम पारिश्रमिक पुनरावलोकन भएको थियो ।  तसर्थ आगामी साउन देखि लागु हुनेगरी नयाँ न्यूनतम पारिश्रमिक निर्धारण हुनु पर्दछ । यसका लागि छलफल आरम्भ गर्न जिफन्टले मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

छुट्टीमा आउनेले श्रम स्वीकृति पाउने की नपाउने ?

जिफन्टले विचार मिल्ने ट्रेड यूनियनबीच एकीकरण गर्ने प्रकृयालाई सदस्य आधारित नीतिको आधारमा अगाडी बढाउने निर्णय गरेको छ । यसले श्रम बजारलाई मर्यादित बनाउन र एकीकृत आन्दोलन निर्माणमा महत्वपूर्ण योगदान पुग्नेमा जिफन्टले विश्वास लिएको छ । जिफन्ट र अखिल नेपाल ट्रेड यूनियन महासंघ (अण्टुफ) बीच एकिकरणका लागि छलफल जारी छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता पश्चात नेकपा बनेसँगै दुई यूनियनबीच पनि एकिकरणका लागि प्रकृया आरम्भ भएको हो ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले उठाएका प्रश्नहरुको जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जवाफ दिएका थिए ।

यो पनि पढ्नुहोस् झण्डै एक करोड व्लडमनि जुटाएर नेपालीलाई उद्दार गर्ने साउदी नागरिक सम्मानित

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय