घरेलु कामदारलाई बैधानिक बनाउन माग

घरेलु कामदारको अवस्था बुझ्न युएई आएको संसदीय समितिको टोली समक्ष युएईमा कार्यरत नेपालीहरुले आक्रोश ब्यक्त गरेका छन् । शनिबार नेपाली दुताबास अबुधाबीमा भएको अन्तरकृयामा बोल्दै अधिकाँश वक्ताहरुले टोलीलाई नेपाल सरकारको बजेट सक्ने मेलो भएको भन्दै कार्यक्रमको औचित्य माथि नै प्रश्न गरे ।

नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष लक्ष्मण खनालले घरेलु कामदारलाई छुट्टीमा आफ्नो देश फर्कन पाउने वातावरण बनाऊ, कानुनी वैधता देऊ र उनीहरुको हकको लागि केहि गर भनेर राष्ट्रपति देखि प्रधानमन्त्री, मन्त्री, साँसद सबैलाई दुःख पोख्दा पनि केही नभएको भन्दै अहिलेको भ्रमण माथि नै प्रश्न उठाए ।

यसैगरी एनआरएन, युएईका अध्यक्ष प्रकाश कोईरालाले युएईको समस्या र समाधानको उपायको बारेमा युएई आउने उच्च स्तरीय भ्रमणको बेला कुरा राखे पनि अहिलेसम्म समस्या ज्यूँका त्यूँ रहेको बताए । उनले दुताबासले समस्याको समाधानमा सहयोगी भूमिका नखेलेको भन्दै आलोचना पनि गरे ।

एनआरएनको आग्रहः साउदी अरवमा घरेलु कामदार नपठाउ

अन्य बक्ताहरुले पनि भ्रमण टोलीबाट केही हुन्छ भन्ने ठुलो आशा नराखेको बताएका थिए । उनीहरुले ४ बर्ष अगाडी अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापति प्रभु साह हुँदा पनि यस्तै छलफल गरेको भन्दै साहले नेपाल गएर उल्टो समाधान खोजेको स्मरण गराए । ४ बर्ष अगाडी तत्कालिन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले खाडी मुलुकको भ्रमण गरे पछि खाडीमा घरेलु कामदार पठाउन बन्द गर्न निर्देशन दिए लगत्तै सरकारले घरेलु कामदार पठाउन बन्द गरेको थियो । तथापि दलाल मार्फत अबैध बाटो हुँदै खाडी जाने घरेलु कामदारहरुको संख्या बढेको भन्दै उक्त निर्णयको सर्वत्र बिरोध भएको छ । वक्ताहरुले दैनिक भिजिट भिसामा कति नेपाली आउँछन भनेर हेर्न युएई आउनु नपर्ने भन्दै नेपालबाट उड्ने विमानहरुमा जाँच गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा प्रवासी एकता मञ्चका बाबुराम विश्वकर्मा, श्याम पाठक, प्रकाश पौडेल, सुमन पराजुली, उमाकान्त पाण्डे, बिनोद श्रेष्ठ लगायतले घरेलु कामदारको श्रम स्वीकृति खुलाउनु पर्नेमा जोड दिएका थिए । अन्य मुलुकहरुको तुलनामा युएई सुरक्षित भएको भन्दै घरेलु कामदारहरुलाई एक पटकलाई आम माफी दिएर भएर भए पनि आफ्ना नागरिकको सुरक्षा गर्न र बैधानिक बनाउन बक्ताहरुले माग गरेका थिए ।

जवाफमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति विमल प्रसाद श्रीवास्तवले घरेलु कामदारको अवस्था अध्ययन गरिरहेकोले अहिले नै खुलाउने नखुलाउने केही भन्न नसक्ने बताएका थिए ।

श्रीवास्तवको नेतृत्वमा समिति सदस्य सांसदहरु भीमसेनदास प्रधान, गोपालबहादुर बम, दूर्गाकुमारी विश्वकर्मा, प्रमोद साह, सूर्यनारायण यादव, संसद सचिवालयका कर्मचारीहरु उपसचिवद्वय शिवदत्त बराल र केशवराज सुवेदी खाडी मुलुक भ्रमणमा आएका हुन् । भ्रमण टोलीमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठक र शाखा अधिकृत रविलाल नेपाली पनि छन् ।

यो पनि पढ्नुहोस् सम्झौता अनुसारको तलव नपाएको भए प्रमाण सहित आउनुः दूतावास

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय