मलेशिया स्थित नेपाली दूतावासले सम्झौता अनुसार तलव नपाएको भएमा सम्पर्क गर्न आग्रह गरेको छ । कसैले सम्झौता भन्दा कम तलव पाएको भएमा दूतावासले सो सम्झौता अनुसार तलव दिलाउने भन्दै प्रमाण सहित सम्पर्क गर्न आग्रह गरेको हो ।
मलेसिया स्थित नेपाली दूतावासले साप्ताहिक फेसबुक लाइभमा यस्तो आग्रह गर्दै सम्झौता अनुसारको तलव दिलाउने जिम्मेवारी दूतावासको भएको समेत जनाएको छ ।
यसैगरी मलेसियामा एउटा कम्पनीको भिसामा आएको व्यक्तिले निश्चित कानूनी प्रकृया पुरा नगरी अर्को कम्पनीमा काम गर्न नसक्ने पनि दूतावासले स्पष्ट पारेको छ । त्यसरी काम गरेमा अवैधनिक भइने र धेरै कानूनी झमेलामा पर्नु पर्ने भन्दै त्यस्तो काम नगर्न आग्रह गरेको हो ।
एनआरएनको आग्रहः साउदी अरवमा घरेलु कामदार नपठाउ
कतिपय व्यक्तिले भिजिट भिसामा आएर कम्पनी खोजेर समेत काम गर्ने प्रयास गर्ने गरेको भन्दै त्यसो गर्नु पनि गैरकानूनी हुने प्रष्ट्याएको छ ।
तपाई मलेशियामा नै कार्यरत हुनुहुन्छ ? फेब्रुअरीको न्यूनतम तलव १२ सय पाउनु भयो की त्यो भन्दा कम पाउनु भयो ? आफ्नो कम्पनीको नाम र ठेगाना सहित लेख्नुहोस्