एनआरएनको आग्रहः साउदी अरवमा घरेलु कामदार नपठाउ

गैर आवासिय नेपाली संघ(एनआरएनए), साउदी अरेवियाले नेपालीलाई घरेलु कामदारका रुपमा काम गर्न साउदी अरवमा नपठाउन आग्रह गरेको छ । साउदी अरेवियामा भ्रमणका लागि गएको संसदीय समितिलाई संघका तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरिएको हो ।

उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितका सभापति विमल प्रसाद श्रीवास्तव, राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठक सहितको टोली घरेलु काममा श्रम अनुमति दिन उपयसक्त छ वा छैन भन्ने अध्ययन गर्न भन्दै पुगेको छ । सो टोलीलाई संघले घरेलु कामदारलाई साउदी अरवको श्रम कानून लागु नहुने हुँदा तलव सुविधाको ग्यारेण्टी नभएको, २० घण्टासम्म काम गर्न बाध्य बनाइने, विदा नदिइने लगायतका समस्या अवगत गराएको छ ।

विविध समस्याका कारण यथास्थीतिमा साउदी अरवमा घरेलु काममा पठाइनु असुरक्षित हुने भन्दै संघले नेपालीलाई नपठाउन अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस् श्रम स्वीकृति तत्काल रोक्न साँसदको माग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: