श्रम स्वीकृति तत्काल रोक्न साँसदको माग

संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी साँसद डा. डिला संग्रौलाले वैदेशिक रोजगारीका लागि दिइने श्रम अनुमति तत्काल रोक्न माग गरेकी छन् । उनले प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै अन्तर्राष्ट्रिय हवाइसेवा तत्काललाई रोक्न के ले अवरोध गरेको छ भनेर सरकारलाई प्रश्न गरिन् ।

साँसद संग्रौलाले युद्धस्तरमा काम गर्नुपर्ने बेलामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको बैठक जम्मा दुई पटक बसेको भन्दै बैठकले कोरोना नियन्त्रणका लागि गम्भीर निर्णय पनि नगरेको गुनासो गरिन् ।

संग्रौलाले सबै राजनीतिक दलको समन्वयमा युवा परिचालन गरेर खरिपाटीमा एक महिनाभित्र अस्पताल निर्माण गर्न आव्हान गर्दै वुहानबाट फर्किएका नेपालीलाई राखिएको स्थानमा अस्पताल निर्माणमा जुट्न आग्रह गरिन् । यसको जिम्मेवारी सरकारले लिन तयार रहोस् भन्दै उनले प्रतिपक्षी दल यसमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताइन् ।

यसअघि संसदमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली काँग्रेसका साँसद गगन थापाले सरकारले एक ठाउँबाट एउटा कुरा भन्नुपर्ने बताए । उनले श्रम मन्त्रालयले एउटा कुरा गर्ने, शिक्षा मन्त्रालयले अर्को कुरा गरेर सरकारकै भनाई फरक–फरक आइरहेको भन्दै यसमा सुधार्न आग्रह गरे । उनले बढी हल्ला गरेर त्रास फैलाउनु हुन्न भन्दै सञ्चार माध्यमले पनि भयभित बनाउन नहुने बताए ।
यो पनि पढ्नुहोस् दूतावासमा जिज्ञासास् घर विदामा नेपाल गएर आउन पाइन्छ की पाइन्न ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: