दूतावासमा जिज्ञासा: घर विदामा नेपाल गएर आउन पाइन्छ की पाइन्न ?

कतार स्थित नेपाली दूतावासले कोरोना भाइरस (कोभिड १९) संक्रमित मुलुकमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई श्रम स्वीकृति बन्द गरिएको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै घरविदामा जाने विषयमा स्पष्ट हुन आग्रह गरेको छ । दूतावासले कोभिड १९ संक्रमित मुलुकमा वैदेशिक रोजगारीका लागि जाने नेपाली नागरिकलाई नेपालबाट जारी हुने श्रम स्वीकृति बन्द गरिएको भन्ने समाचारका सम्वन्धमा स्पष्ट हुन विज्ञप्ती मार्फत आग्रह गरेको हो ।

दूतावासद्दारा जारी विज्ञप्तीमा घर विदामा नेपाल फर्केका व्यक्तिहरु पुनः आफ्नो कार्यस्थल रहेको मुलुकमा फर्किन पाउने/नपाउने विषयमा राजदूतावासमा बारम्वार टेलिफोन/ईमेल मार्फत जानकारी मागिएको भन्दै नेपाल सरकारले यस्तो कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । सरकारले कुनै निर्णय गरेमा दूतावासले यथाशिघ्र सूचना सम्प्रेषण गर्ने समेत जनाएको छ ।

यसअघि श्रम मन्त्री रामेश्वर राय यादवले कोरोना भाइरसको संक्रमण देखिएका मुलुकमा रोजगारीका लागि जाने नेपालीलाई श्रम स्वीकृति दिन स्थगित गरिएको बताएका थिए । बिबिसी लगायतका सञ्चार माध्यममा मन्त्री यादवको आवाज सहितको समाचार आएपनि झण्डै १२ घण्टा पछि मन्त्री यादवले पुनः त्यस्तो कुनै निर्णय नभएको र आफूहरु छलफलमा नै रहेको भन्दै बोली फेरेका थिए । यसले वैदेशिक रोजगारमा रहेकाहरु तथा वैदेशिक रोजगारमा जाने तयारीमा रहेकाहरुलाई अन्यौलमा पारेको थियो ।

यो पनि पढ्नुहोस् श्रम मन्त्री यादवको बोलीस् विहान ‘श्रम स्वीकृति स्थगित’, बेलुका ‘अध्ययनमै छौं’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: