श्रम मन्त्री यादवको बोली: विहान ‘श्रम स्वीकृति स्थगित’, बेलुका ‘अध्ययनमै छौं’

श्रम स्वीकृतिका सम्वन्धमा श्रम मन्त्री रामेश्वर राय यादवको बोली १२ घण्टा नहुँदै फेरिएको छ । यसअघि कोरोना भाइरसको संक्रमणका कारण श्रम स्वीकृति जारी गर्न तत्कालका लागि स्थगित गरिएको भन्ने मन्त्री यादवले बेलुका अध्ययनमै रहेको भन्दै बोली फेरेका हुन् ।

मंगलवार विहान श्रम स्वीकृति रोकिएको समाचार केहि अनलाइन मार्फत सार्वजनिक भएपछि मन्त्री यादवसँग गरिएको कुराकानीमा उनले “तत्कालका लागि श्रम स्वीकृति दिन स्थगित गरिएको” बताएका थिए । मन्त्री यादवसँगको कुराकानीको अडियो सुरक्षित छ । उनले “सरकारले अध्ययन लगायतमा जान पनि बन्द गरिसकेको अवस्थामा तत्कालका लागि श्रम स्वीकृति दिन पनि स्थगित गरिएको” बताएका थिए ।

के श्रम स्वीकृति दिन रोकिएको हो भन्ने प्रश्नमा मन्त्री यादवले भनेका थिएः रोकेको नभनौं, त्यसको अर्कै अर्थ हुन्छ, तत्कालका लागि स्थगित गरिएको हो ।

मन्त्री यादवलाई उधृत गर्दै राष्टिय समाचार समिति (रासस) ले समेत समाचार प्रेसित गरेको थियो । यसैगरी अन्य सञ्चार माध्यमहरुले पनि सो सम्वन्धि समाचार लेखेका थिए । तर दिनभरीको परिस्थीत विश्लेषण गर्दै मन्त्री यादवले मंगलवार बेलुकी आफ्नो विहानको भनाई खण्डन गर्दै श्रम स्वीकृति दिन नरोकिएको, त्यसका बारेमा अध्ययनमै रहेको बताएको समाचार सार्वजनिक भएको छ । तस्वीरः नेपालखवर

यो पनि पढ्नुहोस् दूतावासको अनुरोधः पिकनिक, कार्यक्रम नगर्नु, विदामा भिडभाडमा नजानु

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: