दूतावासको अनुरोधः पिकनिक, कार्यक्रम नगर्नु, विदामा भिडभाडमा नजानु

कतार स्थित नेपाली दूतावासले कोरोना भाइरसको संक्रमणबाट बच्न त्यहाँ स्थित नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासले एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक अवस्थामा बाहेक विभिन्न अवसरमा आयोजना गर्ने कार्यक्रमहरु हाललाई सञ्चालन नगर्न अनुरोध गरेको छ । विज्ञप्तीमा वार्षिकोत्सव, पिकनिक, साँस्कृतिक कार्यक्रमहरु, सम्मान समारोह नगर्न अनुरोध गरेको हो ।

दूतावासले साप्ताहिक विदाको समयमा भिडभाड तथा अत्यधिक जमघट हुने स्थानहरुमा अत्यावश्यक अवस्थामा बाहेक नजान तथा जानै पर्ने भएमा स्वास्थ्य सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

कतारमा एक व्यक्तिलाई कोरोना संक्रमण भएको फेला परेपछि विशेष रुपमा सजग रहन यसअघि नै दूतावासले विज्ञप्ती मार्फत त्यहाँ कार्यरत नेपालीलाई अनुरोध गरेको थियो ।

यो पनि पढ्नुहोस श्रम मन्त्री यादवलाई मौरिससको स्पष्ट सन्देश स् कामदारसँग पैसा नउठाउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय