श्रम मन्त्री यादवलाई मौरिससको स्पष्ट सन्देश : कामदारसँग पैसा नउठाउ

नेपालसँग कामदार लिने भन्दै गत जुनमा श्रम समझदारी गरेको मौरिससले नेपाललाई कामदारसँग रकम नअसुल्न सुझाव दिएको छ । मौरिसस भ्रमणमा रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई मौरिसस पक्षले नेपाली कामदार पठाउँदा मर्यादित कामदार भर्ना प्रकृया (फेयर रिक्रुटमेण्ट) अपनाउन जोड दिएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जनाएका छन् । मर्यादित भर्ना प्रकृयाका विभिन्न पक्ष मध्ये कामदारसँग भर्ना शुल्क(रकम) असुल्नु मुख्य समस्या हो । यसलाई अन्तराष्ट्रिय जगतले श्रमिकमाथि हुने गम्भीर शोषणका रुपमा लिने गर्दछ ।

मौरिशसका श्रम मानव श्रोत विकास तथा तालीम मन्त्री सुदेश सत्कम कालिचरनसंग भएको मन्त्री यादवको भेटका क्रममा दुई देशवीच गत जुनमा सम्पन्न भएको श्रम समझदारीको प्रभावकारी कार्यान्वयका लागि दुवै पक्षवाट निरन्तर सहकार्य गर्दै जाने बारेमा घनिभूत छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सो छलफल पश्चात द्विवक्षीय समझदारी अनुरुपको संयुक्त कार्य समूहको वैठक बसेको थियो । उक्त अवसरमा सम्झौता अनुरुपको मर्यादित कामदार भर्नासंग सम्वन्धित सबै प्रकियाहरुका बिषयमा तथा सोसंग सम्वन्धित लागतहरुको बिषयमा समेत विस्तृत छलफल भएको जनाइएको छ ।

मन्त्रीस्तरिय टोलीको मौरिसस भ्रमणका बारेमा मन्त्रालयका तर्फबाट जारी विज्ञप्तीमा मौरिसस स्थित रोजगारदाताहरुको संगठनका प्रमुख तथ प्रतिनिधिहरुसँग विदेशी कामदारको माग रहेका पूर्वाधार, होटल, उत्पादन, सुरक्षा, सेवा लगायतका क्षेत्रहरुका विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।

यसैगरी मन्त्री यादव तथा मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महेन् कुमार सिरुतनसँग कुराकानी भएको र सो क्रममा मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरुको लागि रोजगारीको सम्भावनाका बारेमा कुराकानी भएको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्री यादव मौरिससका श्रम, मानव श्रोत विकास तथा तालीम मन्त्री सुदेश सत्कम कालिचरनको निमन्त्रणामा मौरिसस भ्रमणमा गएका हुन् । मन्त्री यादवसँगै सचिव विनोद केसी सहित पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल समेत मौरिसस गएको छ । उनीहरु दुई देशवीच गत जुन महिनामा भएको समझदारी कार्यान्वयनका लागि संयुक्त कार्य समुहको बैठक बस्न र कामदार पठाउने प्रकृया सुरु गर्न भन्दै त्यहाँ पुगेका हुन् ।
यो पनि पढ्नुहोस् कतारमा पनि देखियो कोरोना भाइरस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय