कतारमा पनि देखियो कोरोना भाइरस

कतारमा कोरोना भाइरस(कोभिड १९ ) का एक संक्रमित व्यक्ति भेटिएका छन् । कतारको सरकारी सञ्चार माध्यमले इरानबाट फर्केका एक व्यक्तिमा सो भाइरसको संक्रमण भेटिएको हो । चीनपछि सवैभन्दा धेरै समस्या पछिल्लो समयमा ईरानमा देखिएको छ ।

चीनमा सुरुमा देखिएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वका अन्य मुलुकहरुमा पनि फैलिएको छ । मध्यपूर्वका युएई, बहराइन, कुवेत लगायतका मुलुकमा कोरोनाका विरामीको संख्या उच्च देखिएको छ । तसर्थ ति मुलुकहरुमा सो भाइरस फैसलन नदिन निक्कै सतर्कता अपनाइएको छ ।

कोरोनाका कारण झण्डै ३ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन् भनें ८० हजार भन्दा धेरै व्यक्ति संक्रमित भइसकेका छन् ।

यो पनि पढ्नुहोस् खाडीमा बढ्दै कोरोना भाइरसका संक्रमित, मलेशियामा पनि २२ संक्रमित भेटिए

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय