श्रम स्वीकृति दिन रोकियो

चीनबाट फैलिएको कोरानो भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेसँगै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ ।

कोभिड–१९ को सन्त्रास कम नभएसम्मका लागि श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए । अत्यावश्यक बाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिकेको अवस्थामा कोरोनाको जोखिम रहेका मुलुकमा नेपाली नपठाउन लागिएको उनको भनाइ छ ।

दूतावासको अनुरोधः पिकनिक, कार्यक्रम नगर्नु, विदामा भिडभाडमा नजानु

“सरकारले पनि अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको छ, सर्वोच्च अदालतले पनि प्रभावित मुलुकसँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ”, मन्त्री यादवले भने, ”त्यही कारण हामीले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेकै हो ।” कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने उनको भनाइ छ ।

अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीहरुलाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको थियो ।

दक्षिण कोरियामा कोरोनाको संक्रमण फैलिएपछि सरकारले यसअघि नै त्यहाँ जान रोक लगाइसकेको छ । विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई केहीदिन अघि संयुक्त अरब इमिरेट्सको दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएका थिए ।

ठूलो सङ्ख्यामा नेपाली कार्यरत विभिन्न श्रम गन्तव्य मुलुकमा कोभिड–१९ को संक्रमण देखिएको छ । दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन र ओमानमा पनि कोरानो सङ्क्रमित फेला परिसकेका छन् । कोरियामा झण्डै ४० हजार हाराहारीमा नेपाली विभिन्न काम तथा पेशामा संलग्न छन् । त्यस्तै मध्यपूर्वी मुलुकमा पनि झण्डै १० लाख नेपाली कार्यरत रहेका सरकारको तथ्याङ्क छ ।

तर बेलुकी मन्त्री यादवको भनार्ई फेरिएको छ । मन्त्री यादवको अडियो समेत सुरक्षित रहेको र उनलाई उधृत गर्दै प्रकाशित माथिको समाचारका कारण तपाई पाठकमा पर्न गएको भ्रमप्रति देशपरदेश क्षमाप्रार्थी छ ।
मन्त्री यादवको पछिल्लो अभिव्यक्ति समेटिएको समाचार पढ्नुहोस् : श्रम मन्त्री यादवको बोलीस् विहान ‘श्रम स्वीकृति स्थगित’, बेलुका ‘अध्ययनमै छौं’

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: