संसार तर्साउँदै नोवेल कोरोना भाइरस, कुन देशमा कति संक्रमित ?

चीनबाट सुरु भएको नोवेल कोरोना भाइरस (कोभिड १९) संसारका विभिन्न मुलुकहरुमा फैलिसकेको छ । नेपालमा हालसम्म एकजनामा कोरोना भाइरस देखिएपनि सो भाइरस पहिलो पटक फेला परेको चीनमा हालसम्म ८० हजार २६ जना संक्रमित भेटिएका छन् । २ हजार ९ सय १२ जनाको चीनमा सोही भाइरसका कारण मृत्यु भएको छ ।

यसैगरी हंगकंगमा २ जनाको मृत्यु भएको छ भनें ९८ जना संक्रमित भेटिएका छन् । मकाउमा १० जना संक्रमित फेला परेका छन् । दक्षिण कोरियामा २६ जनाको मृत्यु भएको छ भनें ४ हजार ३ सय ३५ जनामा संक्रमण फेला परेको छ ।

ईटालीमा ३४ जनाको मृत्यु भएको छ भनें १ हजार ६ सय ९४ संक्रमित फेला परेका छन् । ईरानमा ६६ जनाको मृत्यु भएको छ भनें १ हजार ५ सय १ जना संक्रमित छन् ।

जापानमा १२ जनाको मृृत्यु भएको छ भनें ९ सय ६१ संक्रमित फेला परेका छन् । यसमध्ये ७ सय ५ जना डाइमण्ड क्रुजमा यात्रा गरिरहेकाहरु रहेका थिए । सो जहाजलाई जापानले क्वारेण्टाइनमा राखेको थियो ।

फ्रान्समा २ जनाको मृत्यु भएको छ, १ सय ३० संक्रमित फेला परेका छन् । जर्मनीमा १ सय ३० संक्रमित फेला परे । सिंगापुरमा १ सय ६ जना संक्रमित फेला परे भनें अमेरिकामा २ जनाको मृत्यु भएको छ भनें ८० जना संक्रमित फेला परेका छन् । यसैगरी स्पेनमा ७१, कुवेतमा ५६, बहराइनमा ४७ जना संक्रमित फेला परेका हुन् ।

थाइल्याण्डमा १ जनाको मृत्यु भएको छ भनें ४३ जनामा संक्रमण पाइएको छ । ताइवानमा १ जनाको मृत्यु भयो भनें ४१ जनामा संक्रमण भेटिएको छ । बेलायतमा १ जनाको मृत्यु तथा ३५ जनामा संक्रमण भेटियो भनें मलेशियामा २९ जनामा संक्रमण फेला परेको छ ।
अष्ट्रेलियामा १ जनाको मृत्यु भयो भनें २४ जनामा संक्रमण देखियो भनें क्यानाडा तथा स्वीजरल्याण्डमा २४ २४ जना संक्रमित फेला परेका छन् ।

युएईमा २१ जनामा संक्रमण देखिएको छ भनें ओमानमा ६ जना, भारतमा ५ जना, पाकिस्तानमा ४ जना, कतारमा ३ जनामा कोरोना भाइरस फेला परेको एसोशिएटेड प्रेसले जनाएको छ ।

यो पनि पढ्नुहोस् दूतावासको अनुरोधः पिकनिक, कार्यक्रम नगर्नु, विदामा भिडभाडमा नजानु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय