सामाजिक सञ्जाल मार्फत अफवाह फैलाए वा भ्रमपूर्ण समाचार लेखे पाँच बर्ष कैद !

कतारले आफ्नो कानूनमा परिवर्तन गर्दै कसैले भ्रमपूर्ण समाचार लेखे वा कुनै माध्यमबाट अफवाह फैलाए ५ बर्ष कैद, १ लाख रियाल जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । यसअघिको कानूनमा फेरवदल गर्दै कतारले गरेको यस्तो व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने ह्युमन राइट्स वाचले जनाएको छ ।

जनवरी १९ मा कतारको राजपत्रमा प्रकाशित कानूनमा ‘राज्यको आन्तरिक सुरक्षा विरुद्धको अपराध’ भन्ने दफा थप्दै कतारले कुनै अफवाह फैलाए वा भ्रमपूर्ण समाचार लेखे वा अनलाइन माध्यममा शेयर गरेमा ५ बर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था गरेको छ । तर कस्तो समाचार भ्रमपूर्ण हुने र त्यसको आधार कसले तय गर्ने भन्ने स्पष्ट नभएको ह्युमन राइट्स वाचको भनाई छ ।

“कतार आफूलाई छिमेकी अन्य मुलुक भन्दा धेरै उदार भएको देखाउन चाहन्छ तर यो कानूनले उसको वास्तविकता प्रष्ट्याएको छ” ह्युमन राइट्स वाचका मध्यपूर्व उपनिर्देशक माइकल पेजले भनेका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने यस्ता कुरालाई कतारले हटाउनु पर्ने र सार्वजनिक बहसमा आउनसक्ने विषयलाई हल्ला भनेर नियन्त्रीत गर्न नहुने बताएका छन् ।

कतारको घोषणा महत्वपूर्णः ह्युमन राइट्स वाच

कतारको कानुनको दफा १३६ मा कतार भित्र वा बाहिर कसैले कतारको राष्ट्रिय चासो वा कतारको सामाजिक अथवा सार्वजनिक महत्वको विषयमा भ्रमपूर्ण समाचार प्रकाशित गरेमा, प्रशारण गरेमा वा पुनः प्रकाशन वा प्रशारण गरेमा वा कुनै पनि प्रकारको अफवाह फैलाएमा ५ बर्षसम्म कैद र १ लाख जरिवाना वा दुई मध्ये कुनै एक सजाय हुनसक्ने व्यवस्था रहेको ह्युमन राइट्स वाचले जनाएको छ । यदि कसैले दोहो¥याएर यस्तो गरेको पाइएमा सजाय दोव्वर हुनेछ ।

कतारको सन् २०१४ मा साइवर अपराध सम्वन्धी कानूनले पनि यस्ता काम गर्न बन्दज लगाएको छ र यस्ता कार्यलाई दण्डनीय अपराध मानेको छ । सो कानून अनुसार यस्तो काम गर्नेलाई ३ बर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

कानूनमा गरिएको संशोधनका विषयमा गत जनवरी १४ मा नै कतारका अमिरले घोषणा गरिसकेका छन् । तर अमिरका तर्फबाट जारी गरिएको घोषणामा कानूनको फेरिएको दफाका बारेमा भनें कुनै उल्लेख छैन । गत जनवरी १७ मा कतारको स्थानीय पत्रिका अल रायाले कानूनको पूर्ण पाठ छापेको छ ।

यो पनि पढ्नुहोस् कतारमा विदेशी श्रमिकको न्यूनतम ज्याला तोक्ने प्रकृया अगाडी बढ्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय