कतारको घोषणा महत्वपूर्णः ह्युमन राइट्स वाच

मानव अधिकारवादी अन्तराष्ट्रिय संस्था ह्युमन राइट्स वाचले कतारले गत जनवरी १६ मा बहुसंख्यक आप्रवासी श्रमिकलाई कतार छोड्न खुरुज(एक्जिट पर्मिट) नचाहिने घोषणा गरेकोमा स्वागत गरेको छ । सो संस्थाले कतारको पछिल्लो घोषणाले कतारमा कफला प्रणाली(स्पोन्सरशीप सिष्टम) हट्दै गएको संकेत देखिएको जनाएको हो । कफाला प्रणालीले श्रमिकमाथिको शोषणलाई बढावा दिने भएका कारण सो प्रणाली हट्नु पर्ने माग लामो समयदेखि अन्तराष्ट्रिय जगतले राख्दै आएको छ ।

सेप्टेम्वर, २०१८ मा नै कतारले स्वदेश फर्किन चाहने आप्रवासी श्रमिकलाई एक्जिट पर्मिट नचाहिने घोषणा गरिसकेको थियो । तर ठूलो क्षेत्र सो सुविधाबाट वञ्चित भएका कारण अन्यौल लामो समयदेखि चल्दै आएको थियो । कतारले गत जनवरी १६ मा नीजि क्षेत्रमा काम गर्नेहरु, कृषि क्षेत्रमा काम गर्नेहरु, घरेलु कामदार लगायतलाई खुरुज नचाहिने घोषणा गरेसँगै यसको श्रमिकको अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले स्वागत गरेका हुन् । अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ) ले पनि कतारको सो घोषणाले महत्वपूर्ण अर्थ राख्ने यसअघि नै बताइसकेको छ ।

कतारमा विदेशी श्रमिकको न्यूनतम ज्याला तोक्ने प्रकृया अगाडी बढ्यो

“कतारले श्रमिकमाथिको नियन्त्रणलाई हटाउने दिशामा महत्वपूर्ण कदम चालेको छ” ह्युमन राइट्स वाचकी वरिष्ठ महिला अधिकार अनुसन्धानकर्ता रोटाना बेगमले भनेकी छन् “यसले श्रमिकलाई नियन्त्रणमा राखेर उनीहरुको शोषण गर्ने र बाध्यकारी श्रममा लगाउने आवस्थाको अन्त्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।” यद्यपी कतारको सरकारी निकायले यसको प्रभावकारी कार्यान्वयन गर्न अझैं बाँकी नै रहेको उनले बताएकी छन् ।

घरेलु श्रमिकलाई दिइएको अधिकार अपर्याप्त

ह्युमन राइट्स वाचले घरेलु श्रमिकलाई आफ्नो रोजगारदातालाई जानकारी नगराई पनि स्वदेश फर्किने अधिकार हुनुपर्ने आफूहरुको धारणा कायमै रहेको जनाएको छ । यसअघि कतारले स्वदेश फर्किन चाहने घरेलु श्रमिकले ७२ घण्टा अगाडी रोजगारदातालाई जानकारी दिनुपर्ने र त्यसो नगरेमा दिन बाँकी रकम तथा स्वदेश फर्किने टिकट उपलव्ध गराउन रोजगारदाता बाध्य नहुने घोषणा गरेको छ । यसैगरी त्यसरी जानकारी नदिई स्वदेश फर्किने घरेलु श्रमिक पुनः ४ बर्ष कतार प्रवेश गर्न नपाउने व्यवस्था छ । बेगमले सो व्यवस्था विभेदकारी भएको र यसले रोजगारदाता तथा श्रमिक दुवैलाई द्धिविधामा पार्ने र अन्ततः श्रमिकलाईं नै शोषणमा पार्ने बताएकी छन् ।

यदि अहिलेकै अवस्था कायम रहेमा स्वदेश फर्किन चाहने घरेलु श्रमिकले त्यसका बारेमा रोजगारदातालाई मात्र नभई सरकारी निकायमा समेत आफू तीन दिनपछि स्वदेश फर्किन चाहेको जानकारी गराउनु उचित देखिएको यस क्षेत्रमा कार्यरतहरु बताउँछ । अन्यथा रोजगारदाताले आफूलाई ७२ घण्टा (तीन दिन) अगाडी जानकारी नगराएको भन्दै पाउन बाँकी तलव, सुविधा तथा स्वदेश फर्किने टिकट उपलव्ध नगराउने सम्भावना रहने उनीहरुको भनाई छ ।

यो पनि पढ्नुहोस् कतारले गर्यो अर्को महत्वपूर्ण कानूनी सुधारको घोषणा, अव देखि यी क्षेत्रमा काम गर्नेहरुलाई एक्जिट पर्मिट नचाहिने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय