कतारले गर्यो अर्को महत्वपूर्ण कानूनी सुधारको घोषणा, अव देखि यी क्षेत्रमा काम गर्नेहरुलाई एक्जिट पर्मिट नचाहिने

कतारले अल्पकालिन वा पूर्णरुपमा कतार छोड्न चाहने विदेशी श्रमिकलाई खुरुज (एक्जिट पर्मिट) नचाहिने क्षेत्र थप गरेको छ । यसमा घरेलु काम गर्नेहरु समेटिएका छन् । कतारले यसअघि नै श्रम कानूनले समेट्ने क्षेत्रमा कार्यरतहरुलाई एक्जिट पर्मिट आवश्यक नपर्ने निर्णय गरिसकेको छ ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार अवदेखि कतारमा कार्यरत कुनै घरेलु कामदार स्वदेश फर्किन चाहेमा अव त्यो सहज भएको छ । आफ्नो सम्झौता अवधिभित्रै स्वदेश फर्किन चाहने त्यस्तो घरेलु श्रमिकले स्वदेश फर्किन चाहेमा ७२ घण्टा (तीन दिन) अगाडी आफ्नो रोजगारदातालाई जानकारी दिनुपर्नेछ । पूर्व जानकारी नदिएकाहरुले भनें बाँकी रकम, फर्किने टिकटको सुविधा पाउने छैनन् भनें उनीहरुलाई पुनः कतार आउन ४ बर्षे बन्देज लाग्नेछ ।

यसैगरी नीजि क्षेत्रमा काम गर्नेहरु, कृषि क्षेत्रमा काम गर्नेहरु, कतारको समुद्री क्षेत्रमा काम गर्नेहरु, ग्यास तथा यससँग सम्वन्धित क्षेत्रमा काम गर्नेहरु र कतारको मन्त्रालय, सार्वजनिक संस्थाहरुमा काम गर्नेहरुलाई पनि कतार छोडेर स्वदेश फर्किन एक्जिट पर्मिट नचाहिने व्यवस्था यसअघि नै भइसकेको छ ।

कुनै रोजगारदाताले आफूसँग कार्यरत कुनै कामदार स्वदेश फर्किदा आफ्नो अनुमति चाहिने भएमा त्यसको अग्रिम जानकारी सरकारी निकायलाई गराउनु पर्ने व्यवस्था छ । तर यसरी रोजगारदाताले स्वदेश फर्किन चाहने श्रमिकले अनिवार्य रुपमा आफ्नो अनुमति लिनु पर्ने व्यवस्था कुल श्रमिक मध्ये ५ प्रतिशत भन्दा बढीलाई राख्न पाउने छैन ।

राष्ट्रिय मानव अधिकार आयोग, कतारमा नेपाली हेल्प डेस्कमा नेपाली समुदायको प्रतिनिधिका रुपमा कार्यरत प्रो. रमजान अलि मियाँका अनुसार कतारमा कार्यरत आप्रवासी कामदारहरुले कतार सरकारको यस निर्णयको स्वागत गरेका छन् र खुशी व्यक्त गरेका छन् ।

सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्न गइरहेको कतारले एकपछि अर्को महत्वपूर्ण कानूनी सुधारको घोषणा गर्दै गएको छ । यसले खाडी क्षेत्रका अन्य मुलुकहरुलाई पनि कानूनी सुधारका लागि दवाव बढाएको छ ।

यो पनि पढ्नुहोस् वैदेशिक रोजगारबाट फर्केकाहरुको सामुहिक अगुवाईमा १६ करोड लगानी हुँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: