
कतारमा आप्रवासी श्रमिकको न्यूनतम ज्याला तोक्ने विषयमा छलफल अगाडी बढेको छ । सो विषयमा तयार पारिएको कानुनको मस्यौदा शुरा काउन्सीलमा छलफल पश्चात थप अध्ययनका लागि विधायिका मामिला समितिमा पठाइएको छ ।
कतारका सभामुख अहमद विन अव्दुल्लाह बिन जैद अल मोहम्मदको अध्यक्षतामा शुरा काउन्सीलले सोमवारको नियमित बैठकमा यस विषयमा छलफल गरेको थियो । सो बैठकमा आप्रवासी कामदारको न्यूनत तलव तोक्ने मस्यौदा कानूनमा छलफल भएको जानकारी प्राप्त भएको कतारबाट प्रो. रमजान अलि मियाँले जानकारी दिएका छन् ।
मस्यौदा कानूनमा कामदारको तलव तोक्न श्रम मन्त्रालय अन्तर्गत न्यूनतम ज्याला समिति गठन हुने विषय समेटिएको छ । समितिको गठन तथा अन्य कार्य मन्त्रिपरीषदले तोके अनुसार हुने जनाइएको छ । सो समितिले कानुनमा उल्लेख गरिए अनुसार श्रमिकको न्यूनतम ज्याला तोक्न अध्ययन र मूल्याँकन गर्ने जिम्मेवारी पाउने जनाइएको छ ।
कतारले यसअगाडी नै सन् २०२० को जनवरीमा आप्रवासी कामदारको न्यूनतम ज्याला तोक्ने घोषणा गरिसकेको छ । कतारको सो घोषणालाई अन्तराष्टिय श्रम संगठन(आइएलओ) ले महत्वपूर्ण सुधारको घोषणा भन्दैै स्वागत गरेको थियो ।
यो पनि पढ्नुहोस् नेपालकी राष्ट्रपतिद्दारा कतारको पुस्तकालयलाई उपहार