कतारका लागि नेपाली राजदूत डा. नारद नाथ भारद्दाजले राष्ट्रपति विद्यादेवी भण्डारीले उपहार स्वरुप पठाएको वाल साहित्यका पुस्तकहरु कतार राष्ट्रिय पुस्तकालयका उपकार्यकारी निर्देशक प्याट्रिक लाण्ड्रीलाई हस्तान्तरण गरेका छन् । राष्ट्रपति भण्डारीले यसअगाडी गत अक्टोवर २०१८ मा कतार भ्रमणका क्रममा सो पुस्तकालय भ्रमण गरेकी थिइन् ।
दोहा स्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति भण्डारीले उपहार स्वरुप पठाएका पुस्तकहरुमा मैना चरीको अन्तिम गीत, म राउत्या रौतेला, आँटी पुतली, मित भ्यागुता तथा विज्ञाताका कथाहरु रहेका छन् । ति पुस्तकहरु नेपाली र अरवि भाषामा छन् ।
यो पनि पढ्नुहोस् अन्तर्वार्ता पास भएपछि मात्र पासपोर्ट, अभिमुखिकरण तालिम सरकारले नै