काठमाडौं, कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज बुधवार अपरान्ह स्वदेश फर्किएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

यस अगाडी नेपाल र कतारबीच दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको थियो । कतारका अमिर शेख तामिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका अमिर मंगलबार काठमाडौं आएका थिए । कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय