काठमाडौं, तरंगिनी फाउण्डेसनकी संस्थापक अध्यक्ष अधिकारकर्मी डा. रेणु राजभण्डारी अधिकारीले जवसम्म कामलाई अपराधिकरण गरिन्छ र कामको मूल्याङ्कन हुन्न, तबसम्म शोषण जारी रहने बताएकी छन् । उनले यौनकर्मी माथि हुने गरेको विभेद र अन्यायको कारण उनीहरुको कामलाई अपराधिकरण गरिनु भएको बताइन् ।

तरंगिनी फाउण्डेसन, महिलाका निम्ति महिला मञ्च नेपाल, स्वासा लगायतका संस्थाहरुले आयोजना गरेको महिलाको श्रमको सम्मान सम्वन्धी छलफलमा बोल्दै अधिकारकर्मी अधिकारीले सामाजिक रुपान्तरणको पहिलो शर्त महिलाको कामको मूल्याङ्कन हुनुपर्ने धारणा राखिन् । उनले पितृसत्ताले उत्पादन, श्रम र यौनिकता माथि नियन्त्रण कायम गरेर महिलालाई दवाउने गरेको भन्दै त्यसका लागि सञ्चारमाध्यमले बलियोसँग आवाज उठाउनु पर्ने बताइन् । सञ्चार माध्यम सामाजिक रुपान्तरणको बलियो औजार हो भन्दै उनले यौन श्रमिक बर्षौंदेखि चरम समस्यामा रहेको भन्दै यसका विषयमा आवाज उठाउन आग्रह गरिन् ।

छलफलमा महिलाका निम्ति महिला मञ्च नेपालकी कार्यकारी निर्देशक गोमावती पुनले मनोरञ्जनका कतिपय क्षेत्र २४ घण्टा खुल्ला गर्ने निर्णय केवल सञ्चालकहरुको रुचिमा आएको धारणा राखिन् । सो निर्णयले श्रमिकलाई पार्ने प्रभावका विषयमा कसैको ध्यान नगएको उनको भनाइ थियो । मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिला श्रमिकहरु नियुक्ति पत्र नपाउने, भनिएअनुसार तलव नपाउने, विदाको सुविधाबाट वञ्चित रहेको उनले बताईन् । उनले महिलाको श्रमलाई मर्यादित बनाउने अभियानमा हातेमालोको लागि सञ्चार माध्यमको ध्यानाकर्षण गराइन् ।

सो छलफलमा तरंगिनीकी कार्यक्रम संयोजक बबिता बरालले नेपालको संविधान, २०७२, नेपाल पक्ष राष्ट्र भएको सिड लगायतमा महिला श्रमिकको अधिकार सुरक्षित भएपनि व्यवहारमा भनें त्यसो नभएको धारणा राखिन् । उनले विशेषगरी अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकको पहिचान नहुनु, श्रमको मान्यता नहुनु, सुरक्षित कार्यस्थल नहुनु, भेदभाव, लाञ्छना, हिंसा भोग्न वाध्य हुनु, उचित पारिश्रमिक नपाउनु जस्ता समस्या भोगिरहेको बताइन् । अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार नेपालमा ३० लाख बढी श्रमिक अनौपचारिक क्षेत्रमा काम गर्दछन् । त्यसमध्ये ९० प्रतिशत भन्दा बढी महिला छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय