काठमाडौं, वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुनेगरी उचित मूल्यको व्यवस्थापन गर्न पत्राचार गरेको छ । विभागले भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई पत्राचार गरेको हो ।

मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । उडान समय भन्दा तीन घण्टा अगाडी नै विमानस्थल भित्र प्रवेश गर्नुपर्ने हुन्छ । यसरी घण्टौको यात्रामा पनि श्रमिकले न्यूनतम खाना खाजा तथा पानी समेत नपाउने गरेको गुनासोलाई सम्वोधन गर्न यस अगाडी श्रम मन्त्री डोलप्रसाद अर्यालले छलफल चलाएका थिए । सोही अनुरुप विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताए ।

‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्कौ नै तिर्नुे अनि न्यूनतम खाना खाजा तथा पानीको पनि नपाउँदा श्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनियो । त्यसैले सबैलाई बोलाएर छलफल गर्यौ,’ उनले भने । छलफलको निर्णय पनि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न विभागले आग्रह गरेको हो ।

यसैगरी विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफनो क्षेत्राधिकार भित्र रहेको काम गर्न सचेत समेत गराएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय