खाडीमा युद्धको खतरा बढ्यो, अमेरिकाद्धारा ईरानी सेना प्रमुख मारिए

अमेरिकाले ईरानी सैन्य प्रमुख क्वासिम सुलेईमनीको ईराक भ्रमणका क्रममा बगदाद विमानस्थलमा अमेरिकाले आक्रमणगरी हत्या गरेपछि दुई मुलुक युद्धको अवस्थामा आइपुगेका छन् । यसअघि नै खाडीको समुन्द्री क्षेत्रमा एकअर्का विरुद्ध छिटफुट आक्रमणमा उत्रिइसकेका यी दुई मुलुक अव युद्ध मैदानमा नै उत्रिएको देखिएको छ ।

इरानी सेना प्रमुख सुलेईमनीको हत्या लगत्तै खाडी क्षेत्रमा युद्धको त्रास फैलिएको छ । आफ्ना सैन्य प्रमुखको हत्याको बदलामा ईरानले अमेरिकी सेना तथा उसका नियोगहरुमा आक्रमण गर्ने अनुमान विविसीले गरेको छ । विविसीका अनुसार सवैभन्दा ठूलो आक्रमणको निशानामा ईराकमा रहेका ५ हजार अमेरिकी सेना हुनसक्ने छन् । यसैगरी युएई, कुवेत लगायतका मुलुकमा रहेका अमेरिकी दूतावासहरु तथा अन्य संरचनाहरु पनि आक्रमणको निशानामा पर्न सक्ने अनुमान छ ।

यसैबीच अमेरिकाले सम्भावति ईरानी जवाफको अनुमान गर्दै तत्कालै थप ३ हजार अमेरिकी सैनिकलाई  सो क्षेत्रमा पठाइने जनाएको छ ।

खाडीमा साउदी अरेविया विशेषगरी अमेरिकाको पक्षमा छ भनें कतार पछिल्लो समयमा ईरान पक्षधर हो । ईरान, टर्की, रुस, कतार एक पक्षमा रहेका कारण कतारलाई कमजोर बनाउनका लागि नै साउदी अरेवियाको नेतृत्वमा लामो समयदेखि कतारमा नाकावन्दी लगाइएको छ ।

अमेरिका र ईरानबीच अव सुरु हुन सक्ने युद्धका कारण खाडी क्षेत्रमा त्रास बढेको छ । यसले लाखौं नेपाली कार्यरत सो क्षेत्रमा आइपर्न सक्ने जोखिमप्रति नेपाल सरकार चनाखो रहन जरुरी देखिन्छ ।

यो पनि पढ्नुहोस कामदारको पासपोर्ट तीन महिना राख्न पाउने हाम्रो अधिकार: वैदेशिक रोजगार व्यवसायी

भिडियो वृत्तचित्रः योगदानमा आधारित सामाजिक सुरक्षा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय