दलालको ताकत र विष्ट बहिर्गमनको सन्देश

काठमाडौं, मंसिर  ५-

कामदारलाई ठगि खान पल्केका दलालहरुको झण्डै दुई वर्ष दोहोलो काढेका गोकर्ण विष्ट अन्ततः दलालकै धरापमा परेका छन् स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीकै टीमले बनाएको मापदण्डका आधारमा कार्यसम्पादन मूल्याङकनमा दोश्रो नम्वरमा रहेका विष्ट यसरी एकाएक मन्त्रीमण्डलबाट फ्याँकिनु रहस्यमय नै भयो राम्रो काम गरिरहेको वखत फ्याँकिएका विष्टलाई यसले राजनीतिक लाभ हुने तर स्वयं रोजगारीका लागि जाने कामदारहरुका लागि भनें यो निर्णयले पुनः ठगिको अभ्यास मौलाएर यस क्षेत्रमा भ्रष्टाचारको जगजगि बढ्ने आशंका

मन्त्री विष्ट किन फ्याँकिए ? तथ्यहरुले त्यसको शिलशिला देखिएका छन् मलेसियामा कामदार पठाउने नाममा भइरहेको लखनउ लुटमा प्रहार गर्नु, सो लुटमा संलग्न त्यसको रसपान गरिरहेका कतिपय राजनीतिक नेतृत्वको त्यो श्रोत बन्द हुनु एउटा कारण हुनसक्दछ  मलेसियाका निवर्तमान गृहमन्त्री नेपाली कामदार लिन नीतिगत भ्रष्टाचार गरेको अभियोगमा मुद्धा खेपिरहेका छन् । कानून कार्यान्वयनमा कमजोर भनिने मलेसियाले नै नेपाली कामदार ठगेको स्वीकार्दै आफ्नै निवर्तमान मन्त्रीलाई मुद्धा चलाइरहँदा यता त्यहि विषयमा दलाललाई ठेगान लगाउन खोजेका विष्ट मन्त्रीबाट हटाइए

यसवीचमा विष्टलाई श्रम मन्त्रीबाट हटाउन कुनस्तरमा राजनीतिक लविङ गरियो भन्ने जगजाहेर उनलाई हटाउने आश्वासन नेकपाकै कतिपय उच्च नेताले दिएको कुरा स्वयं मेनपावर व्यवसायीहरु बताउँछन्

श्रम मन्त्रालयमा दुई वर्ष अघिसम्म पनि कुन दृष्य देखिन्थ्यो भन्ने स्पष्ट दलालका नाइकेहरुले मन्त्रालय लगभग पूर्णत कव्जा गरेका थिए उनीहरुकै कुरा सुनिन्थ्यो उनीहरुले नै चाहे अनुरुप नीति बनिन्थे वैदेशिक रोजगार विभागका महानिर्देशक निर्देशकहरुलाई तिनै दलालका नाइकेहरुले आदेश दिने हैसियत राख्दथे विभाग भित्रै पीडित कामदारलाई दलाल वा तिनको प्रभावमा परेका कर्मचारीहरुले हप्काउने, धम्क्याउने गरेको स्मृति ताजै कमसेकम विष्टले श्रम मन्त्रालयको बागडोर सम्हालेपछि त्यो हटेको थियो

विष्टले कामदारका लागि शुन्य लागतको नीति लिए उनले जुन मुलुकले शुन्य लागतमा नेपाली श्रमिक लैजान्छ सो मुलुकमा मात्र नेपाली कामदार पठाउने भनेर कस्दै लगेपछि एकपछि अर्को मुलुक नयाँ श्रम समझदारीका लागि आउन कर लाग्यो खाडीका मुलुकहरु के रहरले श्रम समझदारी गर्न आएका हुन् ? होइन उनीहरुका लागि एउटा वाध्यकारी अवस्था निर्माण भएको थियो

यसवीचमा विष्टले मन्त्री हुँदा मिलाउन नसकेको भनेको स्वयं आफ्नै दलको नेतृत्वमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँगको समदुरी हो उनले सो अवसर हुँदा हुँदै पनि त्यसलाई पुरै  नजरअन्दाज गरिरहन जरुरी थिएन यसैगरी मलेसिया नेपालका सवै  शर्त मान्न तयार भएर आइसके पश्चात सो मुलुकको रोजगारी खोल्न बढी समय लिइरहन जरुरी पनि थिएन

विष्टलाई मन्त्रीमण्डलबाट विदा गरिएपछि सामाजिक सञ्जालमा आएका प्रतिकृयाले नै उनले गरेका कामको व्याख्या गरिरहेका छन् एकातिर सुधारको प्रशंसा गर्नेहरुले यसमा आश्चर्य जनाएका छन् भनें केहि वैदेशिक रोजगार व्यवसायीले खुशी प्रकट गर्दै लेखेका छन् यसले पनि स्पष्ट हुन्छ विष्ट बहिर्गमनको सन्देश

उच्च मनोवलका साथ दलालको जालो तोड्न निरन्तर काम गरेका विष्टमाथि के प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय गरे ? सधै रकमको चलखेल भइरहने भ्रष्टाचारको आहालमा डुविरहने श्रम मन्त्रालयमा गोेकर्ण विष्टले पनि भ्रष्टाचार गरेका थिए ? वा भ्रष्टाचार गर्नु, दलालका विरुद्धमा आँखा चिम्लनु पर्नेथियो ? यी प्रश्नहरु आमनेपालीका मनमा उठेका छन् हालसम्म प्राप्त तथ्यका आधारमा राजनीतिक रुपमा आन्तरिक रुपमा गुटगत हरहिसाव नमिलेको हुनसक्दछ, कतिपय पहुँचवाला नेताको अन्तिम माग नै गोकर्ण विष्टलाई मन्त्रीबाट निकाल्नु हुनुले गणित विग्रिएको हुनसक्दछ  उच्च मनोवलका साथ श्रम मन्त्रालयको जिम्मेवारी लिन आएका विष्ट त्यहि मनोवलका साथ अन्तिम दिन ५ बजे श्रम मन्त्रालयबाट बाहिरिए । एउटा राजनीतिक व्यक्तिका लागि यो आफ्ना मतदातासँग पुनः फर्केर जाँदा असाध्यै शिर उच्च बनाउने विषय हो ।   

विष्ट बहिर्गमनले स्पष्ट सन्देश दिएको , नेपालको राजनीतिमा दलालको अत्यन्त डरलाग्दो पकड विष्टले यो झण्डै दुई वर्र्षमा लगभग भत्काएको श्रमिक ठग्ने जालो पुनः मौलाउन नदिने वा शुन्य लागत लगायतका उपलव्धी पुनः शुन्यमै पुर्याउने दुवै अवसर नयाँ श्रम मन्त्रीलाई

यो पनि पढ्नुहोस् श्रम मन्त्रालय पुनः दलालको अखडा नबनोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय