दशैंमा घर फर्किन पाउने आशामा खाडीमा कार्यरत घरेलु कामदार

 

राजा बगर, दुवई-

चार बर्ष देखि रोकिएको घरेलु काममा पुनः श्रम स्वीकृति खुल्ने समाचारले विशेषगरी खाडी मुलुकमा घरेलु कामदारका रुपमा कार्यरत नेपाली खुशी भएका छन् । उनीहरुमा यस वर्षको दशैंमा घर जान पाइने आशा बढेको छ । 

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधवारको बैठकले निश्चित प्रकृया पुर्याउनेहरुलाई पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको थियो । यसले वैधानिक रुपमा यसअघि घरेलु काममा गएकाहरु सोही काममा फर्किन दूतावासको सिफारिस तथा व्यक्तिको स्वघोषणा भएमा पुनः श्रम स्वीकृति पाउने बाटो खुलेपछि खाडीमा कार्यरत घरेलु कामदार खुशी भएका हुन् । 

स्वदेश आएर पुनः काममा फर्किन पाइने समचार सुनेपछि बुटवलकी मिना अर्यालले सरकारले बाँकी प्रकृया छिट्टै पुरा गरेर पुनः श्रम स्वीकृति खुल्ला गर्ने आशा गर्दै यहि वर्षको दशैंमा घर जान पाइने आशा बढेको बताइन् । यसैगरी युएईमा नै घरेलु कामदारका रुपमा कार्यरत तारा न्यौपाने तथा सुनिता गैरेले समाचारले आफूहरुलाई निक्कै खुशी बनाएको भन्दै यसले परिवारमा विरामी हुँदा समेत घर फर्किन नपाउने अवस्था अन्त्य हुने बताए । 

विगत चार वर्ष देखि रोकिएको श्रम स्वीकृति खुल्ने खवरले बुटवलकै रोजी खड्का पनि खुशी छन् । यसअघि श्रम स्वीकृति लिएर नै आफू घरेलु कामदारका रुपमा युएई पुगेको र छुट्टीमा नेपाल आएपछि फर्किन नपाएको भन्दै सरकारले आफूहरु जस्ताका लागि पनि सो सुविधा दिने अपेक्षा प्रकट गरिन् । तर बुधवारको संसदीय समितिको निर्देशनमा नयाँ जानेहरुका हकमा भनें समेटिएको छैन । सो निर्देशन वैदेशिक रोजगारका क्रममा विदेशमा रहेकाहरुले स्वघोषणा र दूतावासको सिफारिस समावेश गर्नुपर्ने भएका कारण खड्का जस्ता यसअघि नै नेपाल फर्केर पुनः आउन नपाएकाहरुको हकमा भनें अहिले नै केहि भन्न सकिने अवस्था छैन । 

सरकारले बर्षौंसम्म घरेलु कामदारका लागि श्रम स्वीकृति दिन रोक्का गर्दा हजारौं नेपाली परदेशमा वन्दी जस्तै भएका थिए । आफू कार्यरत घर सही हुँदा हुँदै पनि सरकारी निर्णयका कारण नेपाल गएर पुनः काममा फर्किन नपाउने भएका कारण उनीहरु नेपाल जान सकेका थिएनन् । त्यसैले वुधवारको निर्णयले उनीहरुले राहतको श्वास फेरेका छन ।

सरकारले घरेलु काममा आउन श्रम स्वीकृति नदिने भएका कारण कतिपय भारतको बाटो हुँदै दलालको भर परेर आइपुग्ने गरेका छन् भनें कतिपयले कम्पनीको भिसामा आएर घरेलु काम गर्दै आएका छन् । यसले जोखिम झन बढाएको छ ।

यसअघि युएईमा कार्यरत नेपालीहरुले घर बिदामा गएर पुनः रोजगारीमा आउन नपाउँदा श्रम खोल सरकारनामक तिज गीत समेत तयार पारेका थिए । 

यो पनि पढ्नुहोस् घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिने बाटो खुल्यो, अव सरकारी निर्णय आवश्यक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय