
उनै भानुभक्तले लेखेको कविता
अनी
उनै भानुभक्तले प्रेरणाका श्रोत घाँसी
नामसम्म थाहा छैन लोकलाई
ती कर्मशिल घाँसीको
जसले
आफ्नो पसिना बगाई घाँस काटे
र त्यहि घाँस बेचेर आएको पैसाले
कुवा खनाए ।
आज पनि म पोखरा जाँदा
र पोखराबाट फर्कँदा
तनहुँमा पर्ने
राजमार्गको छेवैमा रहेको
तिनै घाँसिले खनाएको कुवाको पानी पिउँछु र टाउको उठाएर हेर्छु,
नजिकै भानुभक्तको अर्धकदको सालिक ट्वाल्ल परेर मलाई नै हेर्छ,
तर म खोज्छु मेरो प्यास मेटाउन कुवा खनाउने घाँसिको सालिक, अहँ देख्दिन र भेट्दिन कहिँ कतै पनि,
न त कुवा खनाउने घाँसीको नाम
न त कुवा खनाउने घाँसीको सालीक ।
आज म एकैसाथ नमन गर्न चाहन्छु
श्रम र सेवाका आधार स्तम्ब नाम लुकाईएका तिनै घाँसीलाई
अनि नेपाली भाषा साहित्यका धरोहर आदिकवी भानुभक्त आचार्यलाई ।
– दिपक पुडासैनी, हाल, कतार