फर्किउ तिमी

काठमाडौं, माघ २०

चलचित्र गोपीले आफ्नो चलचित्रको ट्रेलर हेरेर लेख्न आव्हान गरेको कविता प्रतियोगिताको नतिजा गएको हप्ता सार्वजनिक गर्यो । स्वदेशको रोजगारीलाई प्राथमिकता दिने उद्धेश्यले लेखिएका कविताहरु मध्ये सुमन थापा मगरको यो कविता तेश्रो हुन सफल भयो । 

फुल्दै गैरहेका कपालहरु,


झर्दै गैरहेका बुढ्यौलीका दांतहरु संगै
ढल्दै छन् संस्कृति र रितिहरु !
आज बजिन बिर्सिसके सारंगीका धुनहरुले !
सजिन भुलिसके नदि र बस्तिहरुले !
तिम्रो कमीका गुञ्जयमान
आवाज हरु सहित,
सदन पसेका मदन हरु,
हजारौ वतन फेर्दै छन् !
बेर्दै छन् रास्ट्रवाद का च्यादर !
फैलाउदै चिल्लो साधनका गफ र दुषित धुँवा हरु !
तर ,
यी मन्दिरका सहरहरुमा,
सुगन्धित धुप र मन्त्र जोगाउने
तिम्रा हातहरु र आस्थावान मन,
कतै पर हड्बडौदै छट्पट्टिरहेछन !
भो नजाउ !
त्यो सात समुन्द्र पारि
महान सपना र आशा हरु बोकी ,
सक्काउन जवानी !

तिमि भएत ,
तिमीलाई सम्झेर रात कटाउनेहरुलाइ
आउथेन होला
यार्शागुम्बा खानेहरुको अंगालोमा बेरिने रहरहरु !
खैरी गाइको दुध कराइमा ,
माथि माथि बाक्लो तर लाग्दै गर्दा,
चर्किन्थेना होला भित्ता !
भत्किन्थेन होला घर !
सुन्येता न त तिमि भित्र ,
न त आफन्तका हुन्थे मित्र !
बरु
ठडिन्थे होला वीर सन्तानका आफ्नै सहरहरु !

हजारौ अपहेलित ब्येथा को संगालो सहित,
तिम्रा
नसुनिएका कैयौ कथाहरु !
विश्वास को पट्टि आँखामा लगाउदा ,
कानमा बजिरहने धोकाका धुनहरु !
आज,
तिमीले पठाएका धन संगै,
नाङ्गिदै छन् पहाडहरु,
अत्तिंदैछन् आफन्तीका मन !
आज उग्र ब्येग्र , होस बिहिन छ समाज ,
डर छ कतै !
तिमि फर्कीदा चढ्ने बाकश हुनेछ कि जहाज !
कास तिमी संगै भैदिए ,
त्यो परिवार ,
सुख को शास संगै हतास नबनी,
निल्थे होला तिता मिठा गाँस !
तिम्रा सोचका खोलिहरुले !
पक्कै भरिनेछ हरेक अन्जुली ,
अशान्तिका गोलीहरु चल्न बन्द होलान ,
बेचिनेछैन अव कदापि आमाको चोली !!

रगतले लेखिएका इतिहाश त थिए
र छन् येथावतै,
तर
गोरेटोमा चल्ने पाउ र
मझेउला गाउँहरु,
तिमीले बाध्येता का परिधिभित्र रही बिर्सिरहदा,
यो विमानस्थल ,
सर्दैछ नजिक नजिक पशुपतिघाटको !
अतस्
लेखिदैछन वर्तमानका खालि पानाहरु
पीडाका आंशुहरुले !
हेर त येहाँ,
आज इतिहास लेख्ने कलम
तिमी संग पसिनाको मसि माग्दै छ !


मित्र आज प्रश्न यो हैन कि ,
देशमा भविष्य छ कि छैन ?”
प्रश्न त यो होकी
भविश्यमा देश हुन्छ कि हुदैन ?”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: