रक्सी जफतः खाडी भन्दा अमेरिका युरोपबाट आउनेको आक्रोश धेरै, पुरुष भन्दा महिला धेरै झगडालु

सूर्य नेपाल-

एक हप्ता भयो, नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु आगमन कक्षमा नेपालको झिटिगुण्टा भारी नियम अनुरूपको यात्रुहरूले लिएर आउने मदिराजन्य पदार्थ सम्बन्धि कानून कडाईका साथ लागू गरीरहेको

यस अन्तर्गत एक जना यात्रुले लिटरसम्मको बोतलसम्म मात्र मदिरा लिएर आउन पाउने ब्यवस्था बढि लिएर आएमा जफत गर्ने प्रावधान भन्सार तिरेर लैजान पनि पाईदैन

जफत (सिज गर्दा) गर्दा लिएर आउने ब्यक्तिबाट सोहि बराबरको क्षतिपुर्ति भराउने समेत ब्यवस्था यो कानून राजश्व छलीको रूपमा फौजदारी कानून अन्तर्गत पर्दछ

तर भन्सार कार्यालयले लिएर आउनेको नाम पासपोर्ट उल्लेख नगरी यात्रुहरूलाई फौजदारी कसुरबाट बचाउदै जफत गरी जफत (सिज) खातामा चढाउने गरेको

यो कानून कार्यान्वयन गर्ने क्रममा धेरै जसो खाडि मुलुकबाट आउने कामदारहरुले ती मुलुकमा मदिरा पिउन प्रतिबन्ध रहेको भएता पनि ती मुलुकहरूका अन्तराष्ट्रिय बिमानस्थलमा रहेका मदिरा पसलले दिएको छुटमा मदिरा खरिद गरेर लिएर आउने गरेका छन् उनीहरूको गुनासो हुन्छ  हामीलाई थाहा भएन सरकारले जानकारी दिएन

तर भन्सार कार्यालय भन्छ, यो कानून प्रत्येक बर्षको बजेट भाषणमा उल्लेख हुन्छ कानून, कुनै पनि मानिसले थाहा भएन भनेर कहि पनि कुनै पनि कानून कार्यान्वयनकर्ता कर्मचारीले छुट दिन पाउदैन, मिल्दैन छुट हुँदैन

प्रविधिको प्रयोगले मानविय संवेदनामा छुट दिदैन यसक्रममा ट्राफिकले काठमाडौंको मापसे चेकिङ जस्तै भन्सार कार्यालयले बोतल चेकिङ गरेर कडाई गरेको

यस चेकिङमा त्यस बाटो भएर आउने सबै दण्डित भएका छन त्यहि कार्यरत भन्सार प्रमुखका नातागोता समेत कार्बाहिमा परेर ३० हजारसम्म पर्ने एक बोतल रक्सि समेत सिज भएका कारण त्यहि छोडेर जान बाध्य भएका छन

आफै प्रत्यक्षदर्शि भएर निगरानी गर्दा, प्रायः सबै यात्रुले भनेको सुनें कि यदि यो मेरो रक्सी मलाई लान दिएनौ भने फोडछु, पोखिदिन्छु यो तिमिहरूले खान्छौ, दिन्न कतिपयले वर्तमान सरकारलाई गाली पनि गर्दछन् कतिपयले सिज गर्ने कर्मचारीको जागिर खाईदिन्छु सम्म भन्छन् कतिपयले यो नियम नै परिवर्तन गरिदिन्छु पनि भनेको सुनिन्छ

अचम्मै , मेरो अनुसन्धानको समयमा चैं झगडा गर्ने धम्किदिनेहरू अधिकांश महिला यात्रुहरू विकशित देश भनिने अमेरीका, क्यानडा अष्ट्रेलियाका यात्रुहरू हुने गरेका छन् उनीहरूले झन यसै कारणले हो, नेपाल गरिव अविकशीत भएको हो भन्न समेत बाँकी राखेनन्। खाडि मुलुकबाट आउनेहरू चै एक छिन असन्तुष्टी पोखेर सरकारलाई गाली गर्दै बाटो लाग्ने गरेका छन

महत्वपुर्ण जिज्ञाशा चै मेरो यो रह्यो कि, यात्रुहरूले भनेनन कि सिज गरे पछि के हुन्छ ? यसरी सोध्ने सायद प्रतिशत मात्र रहे ती सबै पैसावाल, नेपाली धनाढ्य अन्य यात्रुहरूको कानून प्रयोग पछिको तोड्ने, फोडने प्रतिकृया सुन्दा मलाई चै अचम्मै लागेको

त्यस्ता यात्रुको मानिशिकता अध्ययन गर्दा विदेशबाट डलर खर्च गरेर नेपालको नियम विपरित छुट भन्दा बढी रक्सि लिएर आउने नेपालीहरू आफुलाई नभए जे सुकै होस भन्ने मानसिकताका रहेका रहेछन भन्ने मेरो निश्कर्ष रह्यो

रहयो सिज गरेको कर्मचारीले दुरूपयोग गर्छन भन्ने मानशिकता, जिज्ञाशा यसरी सिज गरिएको रक्सि, सामानहरू सिज रजिष्टरमा चढाईन्छ त्यस अनुसार लिलाम गरि त्यसबाट प्राप्त रकम राजश्वमा चढाईन्छ

(नेपाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत छन् यो सामग्री पुष २९, २०७५ मा प्रकाशित गरिएको हो )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय